2026-10-13 04:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से बढ्दा कारोबार रकम घट्यो, तीन कम्पनीको सेयरमा सर्किट

वैशाख २७, काठमाडौँ । सोमबारको नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.८५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.०५ प्रतिशतले बढी हो ।

परिसूचकमा दोहोरो अंकको सुधार देखिएको बजारमा कारोबार रकममा भने गिरावट देखिएको छ । सो दिन ४ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ९४ करोड रुपैयाँ घटी हो । अघिल्लो दिन अर्थात आइतबारको बजारमा ६ अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

२१८ कम्पनीको सेयर कारोबार भएको बजारमा सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन २७ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता १४९६ रुपैयाँ रहेको छ ।

सोमबार तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १९ हजार २५० रुपैयाँमा पुगेको छ । त्यस्तै, समता घरेलु लघुवित्त वित्तीय संस्थाको ९.९५ प्रतिशत र रुरु जलविद्युत परियोजनको सेयर मूल्य ९.८५ प्रतिशतले बढेको छ ।

बजारमा सबैभन्दा बढी बिशाल बजार कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता ५ हजार ४४१ रुपैयाँमा झरेको छ । सोमबार कारोबारमा आएका सबै सूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह ३४६ अंकले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली