2026-10-13 03:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बीमा कम्पनीले १० कर्मचारी राखेर केन्द्रीय कार्यालय मात्रै खोल्न पाउने, शाखा कार्यालय बन्द

वैशाख २९, काठमाडौं । बीमा समितिले जेठ १३ गतेसम्म बीमा कम्पनीहरुको शाखा कार्यालय बन्द गर्न निर्देशन दिएको छ । समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई केन्द्रीय कार्यालय मात्रै खोल्न निर्देशन दिएको हो । 

केन्द्रिय कार्यालय पनि १० जनाले मात्रै सञ्चालन गर्नु पर्ने भएको छ । हाललाई शाखा कार्यालयको काम पनि केन्द्रिय कार्यालयले गर्नु पर्ने व्यवस्था गरिएको समितिले जनाएको छ ।

हाल काठमाडौ उपत्यकामा नयाँ भेरियण्टको कोभिड-१९ महामारी संक्रमण तीव्र रुपमा बढीरहेको सन्दर्भमा नेपाल सरकार गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, काठमाडौको प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश अनुसार बैंशाख २९ गतेदेखि जेठ १३ गतेसम्मका लागि काठमाडौं जिल्लाभर निषेधाज्ञा जारी भएकोले यस्तो निर्देशन जारी गरिएको समितिले जनाएको छ ।

बीमा कम्पनीहरुले आफ्नो केन्द्रिय कार्यालय सञ्चालन गर्न र बीमा सेवा निर्वाध रुपले प्रवाह गर्न जनस्वास्थ्य र सुरक्षाका सम्पूर्ण मापदण्ड अबलम्बन गरी बढीमा दश जनासम्म कर्मचारी उपस्थित गराई सुरक्षित रुपले सेवा प्रवाहको व्यवस्था सुनिश्चित गर्न समितिले निर्देशन दिएको छ ।

बीमा सेवा सूचारु गर्नका लागि समितिबाट बीमा कम्पनीहरुका लागि पहेलो रंगको सवारी पास उपलब्ध गराइने भएको छ । कम्पनीहरुले यस बाहेकका अन्य कुनै पनि पास आफैले जारी गर्न पाउदैनन्।

शाखा कार्यालयहरु सञ्चालनको हकमा हाललाई शाखा कार्यालयको काम कारवाही पनि केन्द्रबाटै सञ्चालन गर्नु पर्ने भएको छ । कर्मचारी राखी शाखा सञ्चालन गर्न पाइने छैन ।काठमाडौं उपत्यका बाहिरका प्रादेशिक तथा शाखा कार्यालयहरु सञ्चालनको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी सेवा प्रवाह गर्नु पर्ने छ ।

नेपाल सरकारबाट जारी निषेधाज्ञाका कारण बीमितहरुलाई भौतिक रुपमा उपस्थित भई जीवन बीमा शुल्क बुझाउन असहज हुने भएकोले विधुतीय माध्यमबाट बीमा शुल्क संकलन गर्ने व्यवस्था गर्न समितिले निर्देशन दिएको छ ।

विद्युतीय माध्यमबाट जीवन बीमा शुल्क संकलन गर्न नसकिने भएमा बीमा शुल्क संकलन कार्य निषेधाज्ञा अवधि समाप्त भएको १५ दिन सम्म व्याज नलिई संकलन गर्ने व्यवस्था मिलाउनु पर्ने भएको छ । निषेध आज्ञा अवधिको समय भित्र बीमा अवधि समाप्त भएको बीमालेखको हकमा सम्बन्धित बीमितको लिखित अनुरोध विधुतीय माध्यमबाट निवेदन प्राप्त को आधारमा समेत बीमालेख नवीकरण हुने व्यवस्था मिलाउनु पर्ने भएको छ ।

जीवन बीमकले अवधि समाप्ति पछिको बीमा रकम विद्युतीय माध्यमबाट बीमितको खातामा जम्मा गर्ने व्यवस्था मिलाउने तथा अन्य बीमा दावीको हकमा बीमितल विद्युतिय माध्यम मार्फत निवेदन गरेमा यथेष्ठ प्रमाण संकलन गरी अवस्था सामान्य भएपछि यथाशिघ दाबी भुक्तानी गर्नु पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली