<p><b>वैशाख ३१, काठमाडौं । </b>आज शुक्रबार सुनको भाउ स्थिर रहेको छ । बिहिबार तोलाको ९१ हजार ६ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज यथावत रहि ९१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुन पनि यथावत रहेर ९१ हजार १ सय रुपैयाँ प्रतितोला रहेको छ ।<br></p><p>आज चाँदीको भाउ भने ५ रुपैयाँले घटेर १३ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । </p><p>नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ५ सय ३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार १ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ४० रुपैयाँ कायम गरेको छ ।</p>
