<p><b>जेठ ३, काठमाडौं ।</b> राधी विद्युत् कम्पनीले सेयरधनीलाई ३६.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७६/७७ को सञ्चित नाफाबाट हाल कायम रहेको चुक्तापुँजी ४७ करोड ३५ लाख ५६ हजार ५ सय रुपैयाँ बराबरको ३६.५० प्रतिशतले हुन आउने १७ करोड २८ लाख ४८ हजार १२२.५० रुपैयाँ बराबर बोनस सेयर दिने घोषणा गरेको हो ।</p><p><img src="http://sajhasabal.com/uploads/posts/8744d5a8cbff66afb4b830012e4120d81621230285.jpg" style="width: 1157px;"><br></p>
