जेठ ५, काठमाडौं। मंगलबार (जेठ ४) एक अमेरिकी डलरको खरिददर ११६.८४ रुपैयाँ र बिक्रिदर ११७.४४ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक डलरको खरिददर ११६.९६ रुपैयाँ र विक्रिदर ११७.५६ रुपैयाँ थियो ।

पछिल्लो समय अमेरीकी डलरको मूल्य घटिरहेको छ । यस्तै एक युरोको खरिददर १४२.०५ रुपैयाँ र बिक्रिदर १४२.७८ रुपैयाँ रहेको छ । यस्तै जापानिज १० यनको खरिददर १०.७० रुपैयाँ र बिक्रिदर १०.७६ रुपैयाँ भएको छ । यता कतारियन एक रियालको खरिददर ३२.९ रुपैयाँ र बिक्रिदर ३२.२५ रुपैयाँ छ ।

दक्षिण कोरियन १०० वनको खरिददर १०.२८ रुपैयाँ र बिक्रिदर १०.३३ रुपैयाँ रहेको छ ।

Related News