2026-08-25 09:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैंक तथा वित्तीय संस्थाले सिएसआर जीवनरक्षाको काममा खर्च गर्नुपर्ने

जेठ ५, काठमाडौं  (रासस)। बैंक तथा वित्तीय संस्थाले कोभिड १९ का कारण पीडित भएका नागरिकको उपचार तथा सहयोगका लागि अक्सिजन तथा त्यससँग जोडिएका सामग्री सहयोग गर्न सक्ने भएका छन् ।संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत खर्च हुने रकमलाई अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर र भ्याक्सिन खरिदमा प्रयोग गर्नुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।

यसबाट कोरोना पीडितको उपचारमा सहयोग पुग्ने केन्द्रीय बैंकको विश्वास छ ।  बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समिक्षा गर्दै उक्त व्यवस्था गरिएको जनाएको हो ।केन्द्रीय बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै भनेको छ, ‘संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छुट्याएको कोषको रकम जीवन रक्षा, सार्वजनिक हित तथा परोपकारी कार्यलाई प्राथमिकता दिनेगरी त्यस्तो योगदान देशभर नै उपलब्ध हुने व्यवस्था मिलाइने छ ।’

सोही बुँदमा थप स्पष्ट पार्दै अगाडि भनिएको छ,  ‘हालको विषम परिस्थितिलाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले उक्त कोषको रकम अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर जीवन रक्षक भ्याक्सिन, औषधि आदि कार्यमा खर्च गर्न सक्ने व्यवस्था मिलाइने छ ।’ राष्ट्रिय महत्वका आविष्कार केन्द्र तथा मानव सेवा जस्ता परोपकारी कार्यमा गरेको खर्च समेत उक्त कोषबाट हुने खर्चमा गणना गर्न सकिने राष्ट्र बैंकको भनाइ छ ।

निषेधाज्ञामा कालोसूचीमा नराख्नु

केही बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञाको समयमा समेत ऋणीलाई कालोसूचीमा राखेको पाइएपछि केन्द्रीय बैंकले कोरोना महामारी रोक्न सरकारले लगाएको निषेधाज्ञामा कोही कसैलाई पनि त्यस्तो सूचीमा नराख्न भनेको छ । कोरोनाका कारण प्रभावित ऋणीलाई राष्ट्र बैंकको यस्तो व्यवस्थाले सहुलियत प्रदान हुनेछ ।

उक्त व्यवस्था पछि बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञा सकिएको एक महिनासम्म कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धी सूचना प्रकाशित गर्न नपाउने भएका छन् । पछिल्लो व्यवस्था पछि कोभिड–१९ सङ्क्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क समेत लिन पाउने छैनन् ।

निषेधाज्ञा अवधिभर म्याद समाप्त भएका मुद्दति निक्षेपको नवीकरण, जमानत तथा प्रतितपत्रको नवीकरण र कर्जाको नवीकरण सम्बन्धित ग्राहकको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले गर्न सक्नेछन् । सो अवधिमा कर्जाको किस्ता वा व्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहित गरिनेछ ।

अक्सिजन उद्योग स्थापना गर्न ऋण

यसैगरी अक्सिजन उद्योग स्थापनाको लागि सहुलियत दरमा ऋण दिने भएको छ । हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरुले सहज रुपमा ऋण दिनुपर्नेछ ।

स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगलाई लिक्विड अक्सिजन प्लाण्टको लागि रु ५० करोडसम्म र अक्सिजन प्लाण्ट स्थापनाका लागि रु  २० करोडसम्मको कर्जा लिन सक्नेछन् । त्यस्तो कर्जालाई एक वर्षको लागि विशेष पुनरकर्जा उपलब्ध गराउने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन