२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एण्टिजेन किट खरिद गर्न दक्षिण कोरियाबाट सहयोग

२०७८, ७ जेष्ठ शुक्रबार १५:०६

जेठ ७, पाँचथर | पाँचथरको हिलिहाङ गाउँपालिका घर भई वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका युवाहरुले गाउँपालिकाभित्रका नागरिकमा कोरोना भाइरस सङ्क्रमण परीक्षणका लागि रु. एक लाख ५० हजार रकम सङ्कलन गरेका छन् । 

गाउँपालिकाभित्र समुदायस्तरमा सङ्क्रमण बढ्दै गएको अवस्थामा समुदायस्तरमा परीक्षणको दायरा बढाउन किट खरिदमा गाउँपालिकालाई सहयोग पुर्याउन उनीहरुले रकम सङ्कलन गरी पठाएका हुन् । सङ्कलित रकम केही समयअघि मात्रै दक्षिण कोरियाबाट फर्कनुभएका हिलिहाङ–५ का डम्बर सुहाङले आज प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङदेनको उपस्थितिमा गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरेलाई हस्तान्तरण गर्नुभएको छ । 

समुदायस्तरमा सङ्क्रमण फैलँदै गएको अवस्थामा किट खरिद गरी चाँडो परीक्षण गरी महामारी नियन्त्रण गर्न सङ्कलित रकमले सहयोग पुग्ने उनीहरुको विश्वास छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण