2026-09-19 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम

जेठ ८, नवलपुर | राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम भइरहेको छ । कोरोना महामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञाका बीच पनि सडक विस्तारले तीव्रता पाएको आयोजनाले जनाएको छ ।

नारायणगढ–बुटवल सडक विस्तार आयोजना खण्ड १ का सूचना अधिकारी इञ्जिनीयर कृष्ण आचार्यले अहिले सो सडक विस्तारमा ३०० जना मजदूर खटिएको जानकारी दिनुभयो । “निषेधाज्ञा अगाडि दैनिक ५०० मजदुर सडक विस्तारको काममा खटिएका थिए”, आचार्यले भन्नुभयो, “निषेधाज्ञामा दैनिक ३०० मजदुर काममा छन् ।” निषेधाज्ञाका बेला घर गएका मजदुर काममा फर्किन नपाउँदा मजदुरको सङ्ख्या केही घटेको आचार्यले बताउनुभयो ।

सडक विस्तारका क्रममा अहिले पुल निर्माण, रुख कटान, ढल निर्माण तथा सडक किनारमा माटो भर्ने काम भइरहेको छ । “यस सडकखण्डमा १२ ठूला पक्की पुल तथा २२ साना पक्की पुल बन्दैछन्”, आचार्यले भन्नुभयो, “साना पुल निर्माणका लागि सडक डाइभर्सनदेखि ठूला पुल निर्माणका लागि फाउण्डेशन तयार पार्ने काम भइरहेको छ ।” यस सडकखण्डमा पर्ने १२ वटा फलामका पुल हटाएर ठूला पक्की पुल निर्माण गर्न लागिएको हो ।

गैँडाकोटको जयश्रीखोला, झराहीखोला, देवचुलीको लोकाहा र कावासोतीको पत्थरखोलामा ठूला पुल निर्माणका लागि पुलको जग बस्ने ठाउँमा पाइप गाड्ने काम भएको छ । त्यस्तै गैँडाकोटको थुम्सीबाट अमरापुरीसम्म आठवटा साना पुल निर्माणको काम भइरहेको छ । “सानामध्ये दुईवटा पुलको निर्माण अन्तिम चरणमा पुगेका छन्, दुईवटाको स्ल्याप ढलान भइसकेको छ विङवाल निर्माणपछि ती पुलमा सवारी साधन सञ्चालन गर्न सकिन्छ”, आचार्यले भन्नुभयो, “अन्य पुलमा पनि जग खन्ने र पिलर निर्माणको काम भइरहेको छ ।”

आयोजनाअन्तर्गत गैँडाकोटबाट अरुणखोलासम्मका रुखहरुको कटान लगभग पूरा भएको आचार्यले बताउनुभयो । “गैँडाकोटबाट अरुणखोलासम्म बिजुलीको पोल भएको स्थानमा बाहेक दुवैतर्फको रुख कटान सकिएको छ”, इञ्जिनीयर आचार्यले भन्नुभयो, “अरुणखोलाबाट दुम्किबाससम्मका रुख भने कटानको काम भइरहेको छ ।” रुख कटान भएको स्थानमा माटो भर्ने कामसमेत अगाडि बढिरहेको आचार्यले बताउनुभयो । 

रुख कटान सकिएको स्थानमा माटो भर्ने तथा ढल निर्माण गर्ने काम तीव्ररूरुपमा अगाडि बढाइएको छ । “केही स्थानमा टिकास ड्रेन निर्माण हुँदैछ, जुन ड्रेन बाहिर बनाएर ल्याएर राखिन्छ । त्यो बनाउने काम पनि यार्डभित्र भइरहेको छ”, आचार्यले भन्नुभयो, “टिकास ड्रेन राख्दा बलियो र काममा छिटोछरितो हुने भएकाले यो प्रयोग गर्न शुरु गरेका हौँ ।” स्थानीय प्रशासनको सहयोगमा निर्माण सामग्री लिएर आउनेदेखि निर्माणको काम अगाडि बढिरहेको छ ।

सडक विस्तारको काम छ प्रतिशत सम्पन्न भएको छ । “काममा पैसा खर्च भएको हिसाबले प्रगति प्रतिशत निकाल्ने गरिन्छ, अहिलेसम्म रुख काट्ने र माटो भर्ने काम भएकाले भौतिक प्रगति थोरै देखिएको हो”, आचार्यले भन्नुभयो, “यी काम सकिएर अरु काम शुरु भएपछि भौतिक प्रगति बढ्छ, काम धेरै नै भइसकेको छ ।”

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटबलको ११४ किलोमिटर खण्ड तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएर विसं २०७५ चैत ८ देखि निर्माण शुरु भएको थियो । एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा विस्तार शुरु गरिएको नारायणगढ–बुटवल सडक आयोजनाको ठेक्का चाइना स्टेट कन्स्ट्रक्शन इञ्जिनीयरिङ कर्पोरेशनले रु १६ अर्ब ९९ करोड ५२ लाखमा पाएको हो । ११४ किमी सडकखण्डको काम गैँडाकोट–दाउन्ने (६५ किमी) र दाउन्ने–बुटवल (४९ किमी) दुई खण्डमा विभाजन गरेर भइरहेको छ ।

अहिले दुई लेन रहेको नारायणगढ–बुटवल सडकखण्डलाई चार लेनको बनाउन लागिएको हो । दुई–दुई लेनको बीचमा ‘ग्रिनरी’सहितको सडक निर्माण हुनेछ । तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात/सात मिटरको हुनेछ ।

बजार क्षेत्रमा छ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ । सार्वजनिक सवारी साधनले यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाइने आयोजनाले जनाएको छ । दाउन्ने क्षेत्रमा भने तीन लेनको सडक निर्माण गरिनेछ । उकालोतर्फ चढ्ने सवारी साधनले प्रयोग गर्नेगरी दुई लेन र ओरालोमा झर्ने सवारी साधनले एक लेन प्रयोग गर्ने गरी तीन लेनको सडक निर्माण गरिने आयोजनाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई