2026-10-13 02:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अक्सिजन प्लान्ट स्थापना गर्न सम्झौता

जेठ ८, मकवानपुर | उद्योग सङ्घको सक्रियतामा जिल्लाका कोभिड सङ्क्रमित बिरामीलाई उपचारमा सहजीकरण गर्ने उद्देश्यले निजी उद्यमीको लगानीमा हेटौँडा अस्पतालको हाताभित्र अक्सिजन प्लान्टको स्थापना गर्ने तयारी भइरहेको छ ।

सो अक्सिजन प्लान्ट स्थापना गर्ने क्रममा मकवानपुर उद्योग सङ्घका तर्फबाट अध्यक्ष लेखराज पोखरेल र हेटौँडा अस्पतालको व्यवस्थापन पक्षसँग अस्पतालका अध्यक्ष राजेश प्रसाईंबीच सम्झौता भएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले जानकारी दिनुभयो ।

हेटौँडा औद्योगिक क्षेत्रका विभिन्न उद्योगका उद्योगपतिको निजी लगानी रु एक करोड २८ को लागतमा अक्सिजन प्लान्ट बाहिरी देशबाट झिकाई एक महिनाभित्रै अस्पतालमा जडान गर्नेतर्फ पहल भइरहेको उद्योग सङ्घका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार यही जेठ ११ गते अस्पताल र उद्योग सङ्घका बीचमा छलफल गरी बाह्य कुन मुलुकबाट अक्सिजन प्लान्ट खरीद गर्ने भन्ने विषयमा टुङ्गो लागेर खरीद गरी ल्याइने छ ।

त्यसैगरी उक्त अक्सिजन प्लान्ट हेटौँडा अस्पतालमा स्थापना गरी सबै वार्डमा पाइपमार्फत जडान गरी बिरामीलाई अक्सिजनको व्यवस्था गराउने तयारी भइरहेको पनि अध्यक्ष प्रसाईंले जानकारी दिनुभयो ।

वाग्मती प्रदेशका सिन्धुली, भक्तपुर, काभ्रे र धादिङ तथा नुवाकोटका जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि बजेट विनियोजित भई ती अस्पतालमा अहिले अक्सिजन प्लान्ट ल्याउने कार्य भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशका १३ वटै जिल्ला अस्पताललाई कोभिड सङ्क्रमणका बिरामीको उपचार सेवालाई प्रभावकारी तुल्याउने उद्देश्यले प्रदेश सरकारले ती अस्पताललाई भेन्टिलेटर, आइसियु कक्ष, चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराउँदै आएको तथा नपुग जनशक्तिलाई पनि अनुगमन टोलीको सिफारिसअनुसार दरबन्दी थप गरिँदै आएको प्रवक्ता सेढाईंले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता