2026-10-13 02:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राष्ट्र बैंकद्वारा वैदेशिक रोजगार बचतपत्र निष्कासन, वैदेशिक रोजगारी गएकाले खरिद गर्न सक्ने

जेठ १२, काठमाडौँ । वैदेशिक रोजगारमा रहेकालाई लक्षित गरेर राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र जारी गरेको छ । राष्ट्र बैंकले मंगलबार राति सो बचतपत्र जारी गर्दै ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गरेको हो ।

पाँच वर्ष अवधिको बचतपत्रको वार्षिक ब्याजदर १० प्रतिशत रहेको छ । यो व्याजदर राष्ट्र बैंकले दिइरहेको अन्य बचतपत्रको भन्दा धेरै ब्याज हो । साथै अन्य बैंक तथा वित्तीय संस्थाले दिइरहेको ब्याजभन्दा पनि बढी नै हो ।

यो बचतपत्रको अर्को राम्रो पक्ष भनेको ब्याज आम्दानी वापतको सरकारलाई कर तिर्नु ५ प्रतिशत कर तिर्नु पर्दैन । यो बचत पत्र नेपाल बाहिर रोजगारीमा संलग्न भएका वा रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली तथा गैर आवसीय नेपालका परिवारले खरिद गर्न सक्ने छन् ।

रोजगारीमा गएका आफन्त, बुबा, आमा, श्रीमान, श्रीमति, छोरा र छोरीले खरिद गर्न सक्ने छन् । यो बचतपत्र खरिद गर्नेले कम्तीमा १० हजार रुपैयाँ बराबरको किन्नु पर्नेछ । र, यसको ब्याज राष्ट्र बैंकले प्रत्येक ६/६ महिनामा भुक्तानी हुने छ । यो बचतपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा समेत लिन पाइने छ ।

बचतपत्र विक्री खुला जेठ १३ गते हुनेछ भने बन्द असार ३ गते हुनेछ । साथै ६ महिनामा प्राप्त हुने ब्याज बचत खरिदकर्ता आफै वा इच्छाएको व्याक्तिले लिन सक्नेछन् 

। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता