2026-10-13 01:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘संविधान रक्षाका लागि श्रमिकहरु एकजुट हुनुपर्ने’

जेठ १४, काठमाडौँ (रासस)। विभिन्न श्रमिक सङ्घ सङ्गठनले संविधान रक्षाका लागि देशभरका श्रमिक एकजुट हुनुपर्ने बताएका छन् । 

नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेड युनियन महासङ्घ, पेशागत महासङ्घ नेपाल, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ, समावेशी ट्रेड युनियन महासङ्घ, समाजवादी ट्रेड युनियन महासङ्घ र राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ नेपालले संयुक्त विज्ञप्ति जारी गरी नेपाली जनताको लामो त्याग, सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षाका लागि जुट्नुपर्ने बताएका हुन् । 

नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राईले संविधानको मूल्य, मान्यता र भावना विपरीत सरकारले यही जेठ ८ चालेको कदमले मुलुकलाई थप अनिश्चितता र अन्योलतर्फ धकेलेको बताउनुभयो । श्रमिक सङ्घ सङ्गठनहरुले धेरै श्रमिकले अक्सिजन, भेन्टिलेटर, औषधि र आइसियु श्यया नपाएर अकालमा ज्यान गुमाउनु परेको भन्दै जनताको उपचारका लागि ध्यान दिन सरकारसँग आग्रहसमेत गरेको छ । निषेधाज्ञाको समयमा हजारौँ श्रमिकको जागिर गुमेको भन्दै समस्यामा परेका श्रमिकलाई राहतको व्यवस्था गर्नसमेत श्रमिक सङ्घ सङ्गठनले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै