Skip to content
Friday, July 17, 2026 Nepali Online Media

उद्योग संघ मकवानपुरले भदौ २९ देखि असोज ९ गतेसम्म औद्योगिक प्रर्दशनी एवम् दँशै महोत्सव मनाउने

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p>साउन २७, हेटौडा | उद्योग संघ मकवानपुरको आयोजनामा भदौ २९ गते देखि असोज ९ गते सम्म औद्योगिक प्रर्दशनी एवम् दँशै महोत्सव गर्ने भएको छ । जिल्ला भरका सम्पूर्ण उद्योग कलकारखाना र औद्योगिक प्रतिष्ठानहरुको प्रर्दशनी एवम् नेपालीहरुको महाव पर्व विजय दशमी दिपावाली तथा छड पर्वको अवसरमा महोत्सवको आयोजन गर्न लागिएको औद्योगिक प्रदर्शनी एवम् दँशै महोत्सवका संयोजक नवराज अर्यालले प्रत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिनु भयो ।</p><p>देश कै सबै भन्दा ठुलो र पुरानो इतिहास बोकेको औद्योगिक क्षेत्र र औद्योगिक वातावरणको वारेमा देश भरि जानकारी गराउने,मकवानपुर जिल्लालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय कलकारखाना भित्र्याउने उद्देश्यको साथ महोत्सवको आयोजना गर्न लागिएको संघले जनाएको छ ।</p><p>हेटौडाको टिसियन मैदानमा &nbsp;१० दिन सम्म सञ्चालन गर्न लागिएको महोत्सवमा कृषि,आईटि सावारी साधान, खाद्यान्न,लत्ताकपडा,होटेल समेत गरि करिव ४ सय स्टर रहेन जनाएको छ । महोत्सवमा वाल उद्यान,रमाइलो मेला,मिनि चिडियाघर डाइनोसर तथा उत्कृष्ट मनोरञ्जनको समेत व्यवस्था रहेको बताएको छ &nbsp;। सो महोत्सवलमा १ करोट वरावारको कारोवार हुने लक्ष्य रहेको समेत जनाएको छ ।&nbsp;</p><p>मकवानुर उद्योग बाणिज्य संघ, महिला उद्यमी विकास समितिको आयोजनामा क्रिष्टल गहना बनाउने तालिम आजबाट मनहरीमा शुरु भएकोछ । ५ दिन सम्म चल्ने तालिममा करीब २२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहनेछ । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा अध्यक्ष न्यौपानेले तालिममा सिकेको सीपलाई व्यवसायकै रुपमा विकास गर्न समेत आग्रह गर्नु भयो । कार्यक्रममा मउबासंघ, महिला उद्यमी विकास समितिकी सभापति निलम पाण्डेले यस तालिमले महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुर्याई आर्थिक रुपमा सक्षम बनाउने बताएकीछिन् । कार्यक्रममा मउबासंघका बरीष्ठ उपाध्यक्ष कृष्ण कटुवालले कुनै पनि तालिम निजी विकास र व्यवसायिक विकासका लागि हुने र यो तालिम व्यवसायिक विकासमा टेवापुग्ने हुनाले तालिम पछि व्यवसायमा आउन आग्रह गर्नुभयो । मउबासंघ पश्चिम क्षेत्र समितिले आयोजना गरेको कार्यक्रममा पश्चिमी क्षेत्र समितिका सभापति गोविन्द रिजालले तालिम पछि सिकेका सीपलाई व्यवहारमा समेत उतार्न आग्रह गर्नुभयो । कार्यक्रममा मउबासंघ,महिला विकास समिति पश्चिमी क्षेत्र सभापति अनिता कर्माचार्यको सभापतित्वमाम्पन्न कार्यक्रममा संघका कार्यक्रम अधिकृत देवराज पन्त, पश्चिमी क्षेत्र समितिका बरिष्ठ उपाध्यक्ष नारायण सुवेदी, निवर्तमान सभापति मञ्जु सेढाई, सञ्चारकर्मी शिवकुमार काशी, महिला उद्यमी विकास समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । तालिमलाई प्रशिक्षक शारदा सुवेदीले सहजीकरण गर्नुहुनेछ । &nbsp;</p>