२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनकोशीको बेलिब्रिज हटाउने कार्य शुरु

२०७८, १५ जेष्ठ शनिबार ०९:०४

जेठ १५, उदयपुर | यहाँको रौतामाई गाउँपालिका–५ फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित सुनकोशी नदीमा छ महिनाअघि जडान गरिएको बेलिब्रिज खोल्ने कार्य औपचारिक रुपमा शुरु गरिएको छ ।

गाईघाट–दिक्तेल सडक कार्यालयका अनुसार बर्खायाम लागेसँगै सुनकोशी नदीमा पानीको बहाव बढ्दै गएका कारण बेलिब्रिज बगाउने खतरा भएकाले खोल्ने कार्य शुरु गरिएको सडक कार्यालयका प्रमुख गोपाल खकुरेलले बताउनुभयो ।

उक्त बेलब्रिज खोल्नका लागि रेग्मी रौता रुक्मीणी कन्सट्रक्शन कम्पनी प्रालिले यसअघि बेलिब्रिज जडान गर्ने र अहिले बेलिब्रिज खोल्न जिम्मा लिएर काम शुरु गरेको गाईघाट दिक्तेल सडक कार्यालयले जनाएको छ । अब सुनकोशीमा बेलिब्रिज खोलिएपछि गाईघाट–दिक्तेल सडक खण्डअन्तर्गत उदयपुरदेखि पहाडी जिल्ला खोटाङ दिक्तेलसम्म सिधै सञ्चालन हुने यातायातका साधन छ महिनाका लागि बन्द हुने भएका छन् । 

अहिलेसम्म पनि सुनकोशी नदीमा स्थायी पुल निर्माण हुन नसक्दा वर्षेनि हिउँदमा बेलिब्रिज जडान गरेर छ महिना गाईघाट–दिक्तेल खण्डमा यातायातका साधन पुनः सञ्चालन हुँदै आएका छन् भने बेलिब्रिज खोलेपछि वर्षायाममा छ महिना यातायात पुनः बन्द हुँदै आएको हिमाली यातायात व्यवसायी सङ्घका संयोजक परमेश्वर घिमिरेले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण