2026-10-13 01:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

टानद्वारा ‘फुड बैँक’ स्थापना

जेठ १५, काठमाडौं। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)ले पर्यटन क्षेत्रका मजदूरलाई लक्षित गरेर ‘फुड बैँक’ स्थापना गरेको छ । निषेधाज्ञा जारी भएपछि समस्यामा परेका पर्यटन मजदूरलाई सहयोग पुर्याउने उद्देश्यले सो सस्थाले आफ्नो ४३ औँ स्थापना दिवसको अवसर पारेर आजदेखि ‘फुड बैँक’ सञ्चालनमा ल्याएको  हो । 

टानका अध्यक्ष खुमबहादुर सुवेदीले फुड बैँकले कोरोनाले समस्यामा पारेको पर्यटन क्षेत्रका श्रमिकको  दैनिकीलाई सहज बनाउने बताउनु भयो । “कोरोनाले पर्यटन क्षेत्रलाई नराम्रोसँग असर पारेसँगै यस क्षेत्रमा काम गर्ने मजदुरको अवस्था दयनीय बनेको अवस्थालाई मध्यनजर गर्दै फुड बैँकको शुरुआत गरेका हौँ,”– उहाँले भन्नुभयो । फुड बैँकमा हालसम्म झण्डै तीन लाख रकम सङ्कलन भइसकेको अध्यक्ष सुवेदीको भनाई छ । 

टानले फुड बैँकलाई प्रभावकारीताका साथ अगाडि बढाउनका लागि प्रथम उपाध्यक्ष चोलेन्द्रबहादुर कार्कीको संयोजकत्वमा सात सदस्यीय उपसमिति समेत गठन गरेको छ । ट्रेकिङ कम्पनीको सिफारिसमा खाद्यान्न सामाग्री र अति आवश्यक सामग्री हस्तान्तरण गर्ने योजना रहेको अध्यक्ष सुवेदीले बताउनुभयो । टानमा देशभरका दुई हजारभन्दा बढी ट्रेकिङ कम्पनी आवद्ध छन् । 

कोरोनाबाट थलिएको पर्यटन क्षेत्रमा काम गर्न मजदूरलाई यस क्षेत्रबाट पलायन हुन नदिन यस अभियानले सहयोग पुग्ने विश्वास टानले लिएको छ । अध्यक्ष सुवेदीले टानले अगाडी सारेको फुड बैँकमा सम्पूर्ण व्यवसायी तथा पर्यटन क्षेत्रका व्यक्तिले सक्दो सहयोग गर्न आह्वान समेत गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की