2026-10-13 12:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तनहुँका निजी क्षेत्रबाट बजेटको स्वागत

जेठ १८, तनहुँ | आगामी वर्ष २०७८/७९ का लागि सरकारले सार्वजनिक गरेको बजेटको तनहुँका निजी क्षेत्रले स्वागत गरेका छन् । सरकारले सार्वजनिक गरेको बजेट व्यवसायीमैत्री रहेको व्यवसायीको प्रतिक्रिया छ । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले सरकारले सार्वजनिक गरेको बजेट पछिल्लो दशककै उत्कृष्ट रहेको बताउनुभयो । “बजेटमा सम्बोधन भएका विषयले पछिल्लो दशककै उत्कृष्ट बजेट आएको महसुस भएको छ”, श्रेष्ठले भन्नुभयो । 

श्रेष्ठले बजेटमा निजी क्षेत्रको माग सम्बोधन भएको बताउनुभयो । उद्योग वाणिज्य महासङ्घको परामर्श समितिमार्फत सरकारलाई दिइएको मागलाई बजेटले सम्बोधन गरेको श्रेष्ठको भनाइ छ । उहाँका अनुसार बजेटले विशेषगरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिए पनि सबै क्षेत्रलाई महत्व दिएको छ । 

नेपाल चेम्बर अफ कमर्स तनहुँले सरकारले ल्याएको बजेटको स्वागत गरेको छ । व्यवसायीले दिएको सुझावलाई आत्मसाथ गर्दै आगामी वर्षको बजेट आएको कमर्सका जिल्ला उपाध्यक्ष कविराज श्रेष्ठले बताउनुभयो । “चेम्बर अफ कमर्सले सरकारलाई दिएको सुझावअनुसार नै बजेट आएको छ, सरकारले ल्याएको बजेटको चौतर्फी स्वागत गरिएको छ”, श्रेष्ठले भन्नुभयो, “जनमुखी बजेट आएकाले यसको कार्यान्वयनमा सरकार उत्तिकै गम्भीर भएर लाग्नुपर्छ ।”

बजेटले व्यवसायीको हकहितका विषयलाई पनि सम्बोधन गरेको श्रेष्ठले बताउनुभयो । कोरोना कहरका कारण थला परेको उद्योग व्यवसाय क्षेत्रलाई पनि बजेटले छोएको उहाँको भनाइ छ । “विस्तृतमा अध्ययन गर्न नपाए पनि व्यवसायीलाई राजश्व छुटका कार्यक्रम बजेटमा समावेश भएको छ”, उहाँले भन्नुभयो । उहाँले व्यवसायीलाई प्रोत्साहन गर्नका लागि सहुलियत दरको ऋण उपलब्ध गराउन माग गर्नुभयो । 

बजेटले सबै क्षेत्रलाई समेट्नु एकदमै राम्रो भएको उहाँको भनाइ छ । युवा वर्गदेखि वृद्धवृद्धा, कर्मचारीलगायत सबै क्षेत्रलाई बजेटले समेटेको श्रेष्ठले बताउनुभयो । “सबैले आकाङ्क्षा गरेभन्दा पनि राम्रो बजेट आएकाले कार्यान्वयन पक्षमा चुनौती हुनसक्छ, त्यसतर्फ सरकारले सोच्नुपर्छ”, श्रेष्ठले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता