2026-10-13 12:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बजेटमा तनहुँः समेटिए यस्ता योजना

जेठ १८, तनहुँ | बजेटमा तनहुँका विभिन्न योजना समेटिएका छन् । आँबुखैरेनी पोखरा सडकखण्ड विस्तार, बालसुधार गृह निर्माण, तामाखानी उत्खनन, औद्योगिक क्षेत्र निर्माण लगायतका जिल्लाका योजना बजेटमा समावेश भएका छन् ।

आँबुखैरेनी–पोखरा सडक विस्तार

तनहुँको आँबुखैरेनीबाट पोखरासम्मको सडकखण्ड विस्तारका लागि रु सात अर्ब २७ करोड विनियोजन भएको छ । यो सडकका लागि बोलपत्र आह्वान भएर ठेकेदार छनोट पनि भइसकेको छ । बजेट सुनिश्चित भएपछि सडक विस्तारकार्य निर्माण हुने भएको छ । असी किलोमिटर लामो आँबुखैरेनी–पोखरा सडकखण्डलाई ४०–४० किलोमिटरको दुई प्याकेज बनाइएको छ । पहिलो चरणमा आँबुखैरेनी–पोखरा र दोस्रो चरणमा मुग्लिन–आँबुखैरेनी विस्तार गरिनेछ ।

पोखरा–मुग्लिन सडकखण्डको भौगोलिक बनावट र जनघनत्वलाई आधार मानेर सडक चौडा निर्धारण गरिनेछ । घनाबस्ती भएको स्थानमा सडकको चौडाइ ४१ मिटरसम्मको हुनेछ । विस्तारित सडक दुवैतर्फ सात÷सात मिटरको हुनेछ ।

व्यासमा औद्योगिक क्षेत्र

व्यास नगरपालिका–५ चिन्तुटारमा औद्योगिक क्षेत्र निर्माण हुने भएको छ । औद्योगिक क्षेत्र निर्माणका लागि आगामी वर्ष सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री विष्णु पौडेलले घोषणा गर्नुुभयो । औद्योगिक क्षेत्रमा निजी क्षेत्रको भूमिका बढाउने र पूर्वाधार निर्माणका लागि अन्तर्राष्ट्रिय लगानीकर्ता आकर्षित गरिनेछ ।

बाल सुधारगृह र तामाखानीको सम्भाव्यता अध्ययन

आँबुखैरेनी गाउँपालिका–२ ढकालटारमा बाल सुधारगृह निर्माण हुने भएको छ । सरकारले बाल सुधारगृह निर्माणका लागि बजेट विनियोजन गरेको छ । ढकालटारमा बालगृह स्थापनाका लागि गत चैत महिनामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले स्थलगत अनुगमन गर्नुभएको थियो । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको जग्गामा मन्त्रालयले बालगृह स्थापना गर्न लागेको छ । ढकालटारमा विद्युत् प्राधिकरणको स्वामित्वको ५४ रोपनी जग्गा छ । त्यसमध्ये २८ रोपनी जग्गामा बालगृह निर्माण गरिनेछ । यसैगरी आँबुखैरेनीमा तामाखानीको सम्भाव्यता अध्ययन गरी उत्खनन गरिने बजेट भाषणमा समावेश छ ।

भानुभक्त प्राणी उद्यान

बजेट भाषणमा भानुभक्त प्राणी उद्यानको निर्माण कार्य सम्पन्न गर्ने उल्लेख छ । नेपालका विभिन्न स्थानमा पाइने वन्यजन्तुको प्रतिनिधिमूलक वनका रूपमा संरक्षण गर्ने, मध्यपहाडी वन क्षेत्रका घाइते तथा टुहुरा वन्यजन्तुको उद्धार गरी संरक्षण एवं संवद्र्धन गर्ने, वंशाणुगत विविधता संरक्षण गर्ने, प्रयोगशाला अध्ययन, अनुसन्धान प्रवद्र्धन गर्दै संरक्षित क्षेत्रमा वन्यजन्तुको वैज्ञानिक व्यवस्थापनमा विकास गर्नेलगायतका उद्देश्य राखेर सरकारले भानुभक्त प्राणी उद्यानको कामलाई अगाडि बढाएको छ । प्राणी उद्यानले १३ वन क्षेत्रलाई समावेश गरेको छ । प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन गरी १३ वन क्षेत्र समावेश गरिएको छ ।

तनहुँ जलविद्युत् आयोजना

यसैगरी तनहुँ जलविद्युत आयोजनालाई तीव्रता दिइने सरकारको घोषणा छ । ऋषिङ गाउँपालिका–१ मा १४० मेगावाट क्षमताको आयोजना अगाडि बढिरहेको छ । तीनवटा प्याकेजअन्तर्गत आयोजनाको काम अगाडि बढेको छ ।

त्यसैगरी पर्यटकीय नगरी बन्दीपुरलाई पुनःजागृत गर्ने सरकारले घोषणा गरेको छ । जिल्लाको पुरानो सदरमुकाम बन्दीपुरमा पूर्वाधार विकास गरी पुनःजागृत गर्ने योजना सरकारले ल्याएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता