2026-10-13 12:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अन्तर्राष्ट्रिय कारण खाने तेलको मूल्यवृद्धि भएको दाबी

जेठ १८, काठमाडौँ (रासस)। पछिल्लो समय तोरीको खाने तेलको मूल्य उच्च रुपमा बढेको छ । गत वर्षको तुलनामा यस वर्ष लिटरमा नै रु ५० भन्दा बढी मूल्य बढेको छ ।

अन्य खाद्यान्नको तुलनामा खाने तेलको मूल्यमा वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हीत संरक्षण विभागले तेल उद्योगमा नै पुगेर अनुगमनसमेत गरेको थियो । उपभोक्ताको गुनासोका आधारमा अनुगमन गरेर विभागले तेलको मूल्य बढ्नुको कारण जानकारी गराउन नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घलाई निर्देशन दिएको थियो ।

विभागको निर्देशनपछि खाने तेल उत्पादकहरुको छाता सङ्गठनको रुपमा रहेको सङ्घले उद्योगीले अनुचित ढङ्गबाट खाने तेलको मूल्य नबढाएको दाबी गरेको छ । सङ्घले सोमबार एक विज्ञप्ती जारी गर्दै व्यवसायीले मूल्यवृद्धि नगरेको भन्दै अन्तर्राष्ट्रिय रुपमा नै कच्चा पदार्थको मूल्य बढ्दा नेपालमा बढेको जनाएको हो ।

‘सङ्घमा २० वटा प्रशोधित खाने तेल उत्पादन गर्ने उद्योगले नियमित रुपमा आफ्ना उत्पादनहरु सोयाविन तेल र सनफ्लावर तेल उत्पादन गरी स्थानीय बजारसँगै विदेशमा समेत निकासी हुँदै आएको छ’, सङ्घले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘उद्योगहरुलाई चाहिने मुख्य कच्चापदार्थ अप्रशोधित सोयाविन तेल र सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुबाट आयात गर्नुपर्दछ । यसरी मुख्य कच्चापदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय वजारको व्यापार अनुरुप नै नेपालको वजारको समेत मुल्य निर्धारण हुने गर्दछ, विज्ञप्तीमा भनिएको छ, १६ महिनायता तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि हुँदा त्यसको असर नेपाली बजारमा परेको हो ।’

सन् २०२० को मार्चमा प्रति मेट्रिक टन ६१४ डलर रहेको सोयाविनको तेलको मूल्य एक वर्षको अवधिमा एक हजार २७९ डलर पुगेको छ । यस्तै एक वर्ष अगाडि प्रतिमेट्रिक टन ६५६ डलर रहेको सनफ्लावरको तेलको मूल्य एक हजार ५८० भएको छ । एक वर्षको तुलनामा असामान्य रुपमा कच्चा पदार्थको मूल्यवृद्धि हुँदा नेपालमा बढेको व्यवसायीहरुले बताउँदै आएका छन् । ब्राजिल, अष्ट्रेलिया, क्यानडा, युक्रेनलगायतका मुलुकबाट नेपालमा तेलको कच्चा पदार्थ आयात हुने र स्रोतमै ती वस्तुको मूल्य दोब्बर हुँदा नेपालमा पनि भाउ बढेको सङ्घले दाबी गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता