पढ्न करिब 1 मिनेट लाग्छ

जेठ २१, काठमाडौं । आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज १ हजार ५ सय रुपैयाँले घटेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि १ हजार ५ सयले घटेर ९२ हजार ९ सय रुपैयाँ प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ पनि ३५ रुपैयाँले घटेर १३ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ६ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ४९ रुपैयाँ कायम गरेको छ ।