2026-10-13 12:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राष्ट्रिय प्रत्यारोपण केन्द्र झौखेलमा बनाउने सम्झौता

जेठ २१, भक्तपुर (रासस)। सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेलमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माण गरी स्थानान्तरण गर्ने भएको छ । नेपाल र भारतबाट आउने बिरामीको चाप बढ्दा भवन अभाव भएपछि मन्त्रिपरिषद्ले झौखेलमा अस्पतालको भवन निर्माण गर्ने निर्णय गरेसँगै कहाँ बन्ला भन्ने अन्योल हटेको छ । 

सरकारले साविक झौखेल गाविसको वडा नम्बर ३ को ६ रोपनी १ आना २ पैसा, सोही ठाउँको २५ रोपनी ५ आना २ पैसा गरी करिब ३२ रोपनी क्षेत्रफलको सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने कार्यनीति बमोजिम ३० वर्षको लागि भाडामा दिने निर्णय गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो । 

मन्त्रिपरिषदको निर्णयसँगै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको भूमि व्यवस्थापन तथा अभिलेख विभागले यही जेठ १७ गते भूमिसुधार तथा मालपोत कार्यालयलाई मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि पत्र पठाएपछि जिल्ला मालपोत कार्यालय भक्तपुुरले २०७८ जेठ १८ गतेदेखि २१०८ जेठ १७ गतेसम्म जग्गा लिजमा दिने सम्झौता गरेको छ । 

चाँगुनारायणकै दुवाकोटमा वीर अस्पतालसमेत निर्माण गर्न लामै पहलपछि सरकारले आगामी तीनवर्ष भित्र अस्पतालको सबै भवन निर्माण गरेर पूर्ण रुपमा सञ्चालनमा ल्याउने गरी बजेटसमेत विनियोजन गरेको छ ।

२०७५ साउन २१ गते चाँगुनारायणकै वडा नं. ७ बागेश्वरीको ७० रोपनी जग्गा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई दिने नगरपालिकासहित सरोकारवाला निकायले सहमति गर्दै सरकारलाई पत्राचार गरेको थियो । तर अस्पताल प्रशासनले उक्त जग्गा अस्पतालका लागि टाढा भएको, पायक नपरेको र अन्त जग्गा नपाए मात्रै विकल्पको रुपमा राख्ने भन्दै चाँसो नदिएपछि अन्यत्र जग्गा खोजी भएको थियो । 

एमाले नेता महेश बस्नेतले उक्त अस्पतालको भवन निर्माणकाबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिएपछि उपयुक्त ठाउँको छनोट गर्ने क्रममा विवादरहित झौखेलका लागि सहमति गरिएको बताउनुभयो । “अस्पतालले नै वागीश्वरी टाढा हुन्छ, पायक पर्दैन, काँही नपाए मात्रै हेरौला भन्दै अन्त जग्गा खोजेपछि झौखेल र सूर्यविनायक नगरपालिका–५ कटुञ्जेको करिब ३१ रोपनी जग्गामा उक्त अस्पताल सार्ने गरी प्रक्रिया अगाडि बढाएका थियौँ”, नेता बस्नेतले भन्नुभयो, “ यो अस्पताललाई भक्तपुरबाट बाहिरी जिल्लामा लैजाने चलखेल भएपछि अन्ततः झौखेलमा सार्न हामी सहमत भयौँ ।” 

सरकारले नेपालकै केन्द्रीय अस्पतालको रुपमा मानव अङ्ग प्रत्यारोपण केन्द्रको स्थापना गर्दै भक्तपुरको दूधपाटीस्थित भक्तपुर अस्पतालका लागि निर्माण गरेको नयाँ भवनमा सुरुमा मिर्गौलाको बहिरङ्ग, अन्तरङ्ग, डायलोसिस र प्रत्यारोपण सेवा दिएको यो अस्पतालले हाल कलेजो प्रत्यारोपणदेखि अन्य शल्यक्रियासमेत गर्दै आएको छ । भारतदेखिका बिरामी आउने भएपछि शय्या अभाव र सेवा विस्तारमा ठाउँ अभावले सोही भवनमा तला थप्ने, खाली ठाउँमा अस्थायी संरचना बनाउँदै सेवा दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता