2026-10-13 12:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सर्टिफिकेट देखाउने वित्तिकै २५ लाख ऋण पाइने होइनः गभर्नर अधिकारी

जेठ २४, काठामाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शैक्षिक योग्यताको प्रमाणपत्र देखाउने वित्तिकै २५ लाख ऋण नपाउने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले बजेट कार्यान्वयनः चुनौती र समाधानका बिषयमा आयोजना गरेको भर्चुअल कार्यक्रममा गभर्नर अधिकारीले भने–‘सर्टिफिकेट देखाउने वित्तिकै २५ लाख ऋण पाइने होइन, गतिलो व्यवसायीक योजना चाहिन्छ र त्यसको अध्ययन गरेर आवश्यक रकम मात्रै दिने हो ।’

उनले राम्रो व्यवसायीक योजना  पेश गरेर उद्यमशिलता दर्शाउन सक्नेहरुलाई एक प्रतिशत ब्याजदरमा प्रमाणपत्र परियोजना राखेर ऋण दिन भने कुनै समस्या नभएको बताए । गभर्नर अधिकारीले तरलताको उचित व्यवस्थापन र ब्याजदर स्थिरताका लागि नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिलाई केन्द्रित गर्ने पनि बताए । ‘केन्द्रिय बैंकको योजना भनेको तरलताको उचित व्यवस्थापन र ब्याजदर स्थिरता हो । त्यसका लागि आवश्यक नीति आगामी मौद्रिक नीतिमा आउँछन’, गभर्नर अधिकारीले भने । उनले बजारमा न्युन तरतलता हुँदा पैसा पठाउने र बजारमा अधिक तरतलता हुँदा प्रशोचन गर्ने नीति राष्ट्र रहेको पनि स्पष्ट पारे ।

गभर्नर अधिकारीले सहुलियतपूर्ण कर्जालाई लक्षित वर्गसम्म पुर्याउने, पुनकर्जालाई नतिजामुखी बनाउने लगायतका कामलाई राष्ट्र बैकले बिशेष चासोका साथ अघि बढाएको पनि बताए । आगामी मौद्रिक नीतिले बजेटमा अघि सारिएका कार्यक्रमहरु कार्यान्वयनका लागि स्पष्ट योजना अघि सार्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता