८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भक्तपुर–धुलिखेल सडक विस्तार आयोजनाको प्रक्रिया थालिने

२४ जेष्ठ २०७८, सोमबार ०९:३६

राजकुमार पराजुली । जेठ २४,काभ्रेपलाञ्चोक (रासस)। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक आयोजनाको प्रक्रिया पुनः थालिने भएको छ । यसका लागि छ लेनको डिजाइन सकेर स्वीकृतिको चरणमा रहेको जनाइएको छ । 

केही वर्षदेखि धुलिखेलदेखि बनेपा हुँदै भक्तपुरसम्म सडकको चाप बढिरहेकाले सडक विभागले उक्त सडकखण्ड विस्तारका लागि यसअघि नै प्रक्रिया थालेको थियो । उक्त सडकखण्ड विस्तारको प्रक्रिया आगामी आर्थिक वर्षको शुरुआतसँगै पुनः थालिने सडक विभाग, योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शिवप्रसाद नेपालले जानकारी दिनुभयो । “नयाँ आर्थिक वर्षको शुरुआतसँगै आयोजनाको प्रक्रिया थालिनेछ”, उहाँले भन्नुभयो । उहाँका अनुसार सकेसम्म लगानीकर्ता खोजिनेछ, नभए सरकार आफैँले निर्माण गर्नेछ । 

उक्त सडकखण्ड विस्तारमा केही वर्षदेखि चासो देखाउँदै आएको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग समेत छलफल भइरहेको नेपालले बताउनुभयो । सो सडक करीब १५ किलोमिटर लम्बाइको छ । सङ्घीय राजधानीबाट वाग्मती प्रदेशअन्तर्गत मध्यपहाडीका विपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ । यी सडकबाट प्रदेश नं १ र २ का नागरिक काठमाडौँ आउजाउ गर्दछन् । विस्तारका क्रममा निर्माण हुनेछ, लेनमध्ये सवारी साधनका लागि चार र दुई लेन सर्भिस लेन हुने जनाइएको छ । छ स्थानमा आकाशेपुल, चार स्थानमा पुल र एउटा कल्भर्ट निर्माण गरिनेछ । 

भक्तपुर र काभ्रेपलाञ्चोकको सीमा क्षेत्र साँगामा प्रस्तावित एक दशमलव २९ किलोमिटर सुरुङमार्ग निर्माण गर्ने–नगर्नेबारे समेत छलफल भइरहेको जनाइएको छ । सुरुङमार्ग भने दुई लेनको हुनेछ भने सडकको चौडाइ साढे तीन मिटरको हुनुपर्ने डिजाइनमा उल्लेख गरिएको छ । 

आयोजनाका लागि करीब रु सात अर्बको टेन्डर आह्वान हुने प्रक्रियामा रहेको पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताउनुभयो । उहाँका अनुसार हाल आयोजनाको डिजाइन सकेर स्वीकृतिको चरणमा रहेको छ । “आयोजना सम्पन्न भएपछि धुलिखेल–भक्तपुरको सवारी चाप निकै कम हुन्छ, यसले सडक विस्तारमा अर्को फड्को मार्नेछ”, उहाँले भन्नुभयो । उहाँका अनुसार आउँदो आर्थिक वर्षको बजेटमा समेत उक्त सडक विस्तार आयोजना सामवेश गरिएको छ । 

करीब दशकपहिले तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जाइकाले नै सूर्यविनायक–धुलिखेल सडक विस्तारको अघिल्लो प्रक्रियामा पनि चासो देखाएको थियो । सन् २०१८ मा अध्ययन सकेर प्रारम्भिक डिजाइन पेश गर्दै सरकारको बजेटमा डिजाइन अनुसारको काम गर्न नसक्ने जाइकाले जनाएको थियो । त्यसबेला सरकारसँग आयोजनाको बजेटमा सुरुङमार्गको योजना हटाएर पनि लागत कम गर्न अनुरोध गर्दै जाइकाले तारतम्य नमिलेको आरोप लगाउँदै हात झिकेको बताइन्छ । त्यसयता सरकारले आफैँ निर्माण गर्ने जनाउँदै आएको छ । 

सरकारले चालु आर्थिक वर्षमा कान्ति राजपथसँगै धुलिखेल–सूर्यविनायक सडक विस्तार शुरु गर्न रु एक अर्ब २० करोड विनियोजन गरेको थियो भने अघिल्लो आवको बजेटमा समेत उपत्यकाको विद्यमान सवारी चापलाई व्यवस्थापन गर्न स्तरोन्नति विस्तृत अध्ययन गरिने उल्लेख गरेको थियो । समयसमयमा जाइकाले उक्त आयोजनामा चासो दिइएको बताइए पनि कोभिड–१९ का कारण एक वर्षदेखि कुनै निकायद्वारा प्रक्रिया थालिएको थिएन । 

डिभिजन सडक कार्यालय भक्तपुरले भने गत वर्षदेखि सडक निर्माणस्थल खाली गराउन रूख कटानलगायतको काम गर्दै आएको छ । सडक विस्तार सम्पन्न भए पनि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भए यो सडकखण्डमा सवारी चाप बढ्ने अनुमान गरिएको छ । 

जाइकाका अधिकारीका अनुसार त्यसबेला रु २३ अर्ब लागतको प्रस्ताव गरेको जनाइएको छ । उसले सडक विस्तारका क्रममा जग्गासमेत लिनुपर्दा रु ४२ अर्ब लाग्ने अनुमानसमेत गरेको जनाइएको छ । जाइकासँग उक्त सडकखण्ड विस्तारसँगै जडीबुटी अन्डरसापास वा प्लाई ओभारसमेत निर्माणको छलफल भएको थियो । तीनकुने–सूर्यविनायक सडक विस्तार गरेलगत्तै जाइकाले सन् २०११ मै सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तारको प्रारम्भिक अध्ययन गरेको जनाएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?