२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरोनाले चलचित्र उद्योग धरासायी, पुनरुत्थान कार्यक्रम माग

२०७८, २५ जेष्ठ मंगलवार ०४:५७

जेठ २५, काठमाडौँ (रासस)। विसं २०७६ चैतदेखि कोरोना महामारी फैलिएसँगै नेपाली चलचित्र उद्योग धरासायी भएकाले यसको पुनरुत्थानका लागि आवश्यक कार्यक्रम बनाइनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेशनले जुम प्रविधिबाट आयोजना गरेको ‘कोरोना महामारी: नेपाली चलचित्र’ क्षेत्र विषयक छलफल कार्यक्रममा चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले सन् २००८ देखि डिजिटल प्रविधिमा गएपछि चलचित्र उद्योग राम्रो चल्न थालेकामा भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता कारणले धरासायी अवस्थामा पुगेको बताउनुभयो ।

भूकम्पपछि गति लिँदै गएको चलचित्र उद्योगमा कोरोनाका कारण एक वर्षमा रु एक अर्बभन्दा बढी घाटा लागेको उहाँको भनाइ थियो । चलचित्र उद्योगमा कार्यरत हजारौँ मानिस बेरोजगार भई बिहान–बेलुका हातमुख जोर्नसमेत धौधौ हुन थालेको चलचित्र निर्माताको गुनासो छ । बन्दाबन्दीअघि तयार भएका धेरै चलचित्र भए पनि प्रदर्शन हुन पाएका छैनन् । आगामी आर्थिक वर्षको बजेटमा चलचित्र उद्योगसम्बन्धी नीतिगत स्पष्टता नआएकाले त्यसलाई सच्याउनसमेत माग गरिएको छ । चलचित्र क्षेत्र पुनरुत्थान हुने कार्यक्रम बजेटमार्फत आउनुपर्ने निर्माताहरूको माग छ । नेपाल आफैँमा फिल्मसिटी भए पनि एउटा स्टुडियो आवश्यक रहेको उहाँको भनाइ छ ।

मोसन पिक्चर्स एशोसिएशनका अध्यक्ष मधुसुदन प्रधानले ऐतिहासिक पुरुष, संस्कृतिका विषयमा चलचित्र बनाउन अनुसन्धानात्मक कार्यक्रम बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । नेपालका जननिर्वाचित पहिलो प्रधानमन्त्री बिपी कोइरालाका विषयमा चलचित्र निर्माण शुरु भए पनि पूरा नभएको, वीर गणेशमान चलचित्रमा गणेशमान सिंहलाई न्याय नभएको उहाँको भनाइ थियो ।

हाल अमेरिकामा रहनुभएका निर्देशक एवं लेखक अनिश कोइरालाले चलचित्र बनाउन धेरै दस्तावेज जुटाएर अनुसन्धान गरेर अघि बढेमात्र सफल हुने गरेको सुनाउनुभयो । कार्यक्रममा चलचित्र निर्देशक महासङ्घका अध्यक्ष रक्षासिंह राणा, समालोचक सामीप्य तिमल्सिनालगायतले महिलालाई चलचित्रमा टिक्न अप्ठ्यारो हुने गरेको भन्दै कोरोना महामारी पलायन हुन लागेको बताउनुभयो ।

फाउण्डेशनका सदस्यसचिव अतुल कोइरालाले नेपाललाई चिनाउन सक्ने चलचित्र बनाइनुपर्नेमा जोड दिँदै बिपी, पुष्पलाल, सत्यमोहन जोशी, माधवप्रसाद घिमिरेजस्ता ऐतिहासिक व्यक्तित्वका विषयमा चलचित्र बनाउन आवश्यकता रहेकामा जोड दिनुभयो । कोरोनाअघि देशभर करिब ३०० चलचित्र घर चल्ने गरेकामा गत वर्षको बन्दाबन्दीपछि केही समय खुलेका बेला ८० चलचित्र घर पनि चल्न नसकेको निर्माताहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा