पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>जेठ २६, काठमाडौं । </b>आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज १ सय रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि १ सयले बढेर ९३ हजार ७ सय रुपैयाँ प्रतितोला रहेको छ ।<br></p><p>आज चाँदीको भाउ भने ५ रुपैयाँले घटेर १३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ७ सय ६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८० हजार ३ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ५७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।</p>

