2026-10-13 12:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आइपीओ अघि नै सर्वोत्तम सिमेन्टले १९.११८ प्रतिशत बोनस सेयर दिने

जेठ २६, काठमाडौं । बुक बिल्डिङ विधिमार्फत् आइपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टले त्यसअघि नै बोनस सेयर दिने भएको छ । कम्पनीले यसका लागि विशेष साधारण सभा बोलाएको छ ।

विशेष साधारण सभामा आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट हालको चुक्तापुँजी ३ अर्ब ४० करोडको १९.११८ प्रतिशत अर्थात् ६५ करोड रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि चुक्तापुँजीको १.००६ प्रतिशतले हुन आउने ३ करोड ४२ लाख १० हजार ५२६ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ । उक्त प्रस्ताव विशेष साधारणसभामा प्रस्ताव पेश गरिनेछ ।

कम्पनीका अनुसार कम्पनीको हालको जारी तथा चुक्तापुँजीको वृद्धि गरी संस्थापक र सर्वसाधारण सेयरधनीबीचको पुँजीको अनुपात मिलान गर्ने योजना छ । कम्पनीले यसअघि चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँको १५ प्रतिशत अर्थात् ६० लाख कित्ता आइपीओ जारी गर्ने घोषणा गरिसकेको छ ।

बुक विल्डिङ विधिमार्फत् आईपीओको न्यूनतम मूल्य ७५० रुपैयाँ तय गरिनेछ । तर बिक्री मूल्यको तल्लो सीमा त्यसको २० प्रतिशत कम अर्थात् ६०० रुपैयाँ र माथिल्लो सीमा ७५० को २० प्रतिशतले बढी अर्थात् ९०० रुपैयाँसम्म हुन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले ३ महिना भित्रै लगानीकर्तालाई १० प्रतिशत बोनश र २५ प्रतिशत नगद लाभांश दिने बताएको छ । जारी गरिने कुल ६० लाख कित्ता आइपीओमध्ये २४ लाख कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताका लागि र बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता