१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पदयात्रा मजदुरलाई सहयोग

२७ जेष्ठ २०७८, बिहीबार ०७:४३

जेठ २७, गण्डकी (रासस) । ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान), पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखराको आयोजना एवं कर्मा फ्लाइट्स फाउन्डेसन नेपालको साझेदारीमा कोरोना कहरका कारण प्रभावित पदयात्रा मजदुर (पथ प्रदर्शक र सहयोगी) को सहयोगार्थ राहतस्वरूप खाद्यान्न वितरण गरिएको छ । पोखरामा रही पदयात्रा क्षेत्रमा क्रियाशील १३० मजदुरलाई चामल, दाल, चना/केराउ, तेल, नुन, मस्यौरा (सोयाबिन), साबुनलगायतका सामान वितरण गरिएको हो ।

देशका विभिन्न स्थानबाट आएर पोखरामा बालबच्चासहित परिवारको साथमा घरभाडामा बसेका मजदुर विगत एक वर्षदेखि कोरोना कहरका कारण पदयात्रा पर्यटन ठप्प भएसँगै बेरोजगार बनेको र निषेधाज्ञाका कारण अन्य वैकल्पिक रोजगारीसमेत नभएका कारण परेको खाद्यान्न सङ्कटलाई दृष्टिगत गरी सहयोग गरिएको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेलले जानकारी दिनुभयो ।

कोराना कहरका कारण दीर्घकालीनरूपमा पदयात्रा आश्रित मजदुरको समस्या समाधान र पर्यटनको जनशक्तिलाई जोगाउने वातावरण तयार गर्न सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहका सरकार क्रियाशील बन्नुपर्ने उहाँले बताउनुभयो ।

वृद्धाश्रममा सहयोग

पोखरा महानगरपालिका–१७ स्थित पोखरा वृद्धाश्रममा कोरोनाको कहरसँगै तरकारी तथा खाद्यान्न अभाव भएको सूचना पाएसँगै यहाँको तल्लो कुलाको डिल टोल विकास संस्थाले ४० हजार नगदसहित खाद्यान्नसमेत गरी रु ८० हजार बराबरको सहयोग गरेको छ ।

पोखरा–६ मा क्रियाशील संस्थाले बुधबार पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीलाई उक्त सहयोग हस्तान्तरण गरेको टोल विकास संस्थाका सदस्य ऋषिराम बरालले जानकारी दिनुभयो । कोरोना कहरका कारण निषेधाज्ञा जारी भइरहेको अवस्थामा विगतमा जस्तो सहयोगी दाताहरू आउनसमेत असमर्थ भएको सूचना पाएसँगै संस्थाको पहलमा उक्त सहयोग जुटाइएको संस्थाका अध्यक्ष मणिराम बरालले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह