२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा डोटीका स्थानीय तह

२७ जेष्ठ २०७८, बिहीबार ०९:०३

विमलबहादुर विष्ट । जेठ २७, डोटी (रासस)। डोटीका स्थानीय तह आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका छन् । दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको यस जिल्लामा अहिले सबै स्थानीय तह नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका हुन् ।

बजेट, नीति तथा कार्यक्रमको तयारी शुरु हुँदै गर्दा यहाँका स्थानीय तहले सुझाव माग गर्न शुरु गरेका छन् । आगामी वर्षको बजेट, नीति तथा कार्यक्रममा समेट्न सकिने विषयलाई सुझाव माग गरिएको दिपायल सिलगढी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खेमराज गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी वर्षको बजेट, नीति तथा कार्यक्रममा समेट्न सुझाव माग गरेका छौँ, इमेलबाट पनि सुझाव दिन सक्ने व्यवस्था मिलाएका छौँ ।”

कोरोना कहरले जिल्ला आक्रान्त भइरहेका बेला पनि यहाँका स्थानीय तह नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका छन् । स्थानीय सरकारले नीति कार्यक्रम र बजेट ल्याउने समयावधि अब १५ दिनमात्र बाँकी छ । कानूनीरूपमा आगामी असार १० गतेसम्म नीति तथा कार्यक्रम र बजेट परिषद्मा टेबल गर्नुपर्ने प्रावधानअनुसार स्थानीय तह जुटिरहेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो ।

यहाँका कतिपय पालिकाले स्वास्थ्य मापदण्ड पूरा गरेर कमभन्दा कम नागरिक भेला गरेर योजना छनोट गर्ने गरी काम गर्न थालेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिनुभयो ।

यसैगरी शिखर नगरपालिकाले पनि इमेलमार्फत आगामी आर्थिक वर्षको योजनाका लागि सुझाव माग गरिरहेको बताइएको छ । बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुका सम्बन्धमा रचनात्मक सुझाव दिन राजनीतिक दल, नागरिक समाज, सरकारी तथा गैरसरकारी सङ्घसंस्था, शिक्षक, बुद्धिजीवी, पेशा व्यवसायीलाई सुझाव दिनका लागि अनुरोध गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पर्मानन्द शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सबै क्षत्र तह र तप्काबाट सुझाव माग गरेका छौँ, आशा छ सबैले राम्रै तथा रचनात्मक सुझाव पेश गर्नु हुनेछ ।”

यसैगरी जोरायल गाउँपालिकाले एकीकृत विकास गुरुयोजनाको दीर्घकालीन सोच, लक्ष्य तथा आवश्यकताका आधारमा बजेट, नीति तथा कार्यक्रम बनाउने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र ठगुन्नाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले यही जेठ २८ गतेभित्र सरोकारवालासँग बजेटका लागि प्रस्ताव माग गरिएको छ । 

यस्तै बडिकेदार, सायल, आदर्श, केआइसिंह तथा पुर्वीचौकी गाउँपालिकाले पनि जनताको आवश्यकता र मागका आधारमा बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्ने लक्ष्य लिएको जनाएका छन् । ती गाउँपालिका पनि एकीकृत विकास गुरुयोजनाको दीर्घकालीन सोच, लक्ष्य तथा आवश्यकताका आधारमा बजेट, नीति तथा कार्यक्रम बनाउने लक्ष्य लिई बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने