2026-10-13 11:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा डोटीका स्थानीय तह

विमलबहादुर विष्ट । जेठ २७, डोटी (रासस)। डोटीका स्थानीय तह आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका छन् । दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको यस जिल्लामा अहिले सबै स्थानीय तह नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका हुन् ।

बजेट, नीति तथा कार्यक्रमको तयारी शुरु हुँदै गर्दा यहाँका स्थानीय तहले सुझाव माग गर्न शुरु गरेका छन् । आगामी वर्षको बजेट, नीति तथा कार्यक्रममा समेट्न सकिने विषयलाई सुझाव माग गरिएको दिपायल सिलगढी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खेमराज गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी वर्षको बजेट, नीति तथा कार्यक्रममा समेट्न सुझाव माग गरेका छौँ, इमेलबाट पनि सुझाव दिन सक्ने व्यवस्था मिलाएका छौँ ।”

कोरोना कहरले जिल्ला आक्रान्त भइरहेका बेला पनि यहाँका स्थानीय तह नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका छन् । स्थानीय सरकारले नीति कार्यक्रम र बजेट ल्याउने समयावधि अब १५ दिनमात्र बाँकी छ । कानूनीरूपमा आगामी असार १० गतेसम्म नीति तथा कार्यक्रम र बजेट परिषद्मा टेबल गर्नुपर्ने प्रावधानअनुसार स्थानीय तह जुटिरहेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो ।

यहाँका कतिपय पालिकाले स्वास्थ्य मापदण्ड पूरा गरेर कमभन्दा कम नागरिक भेला गरेर योजना छनोट गर्ने गरी काम गर्न थालेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिनुभयो ।

यसैगरी शिखर नगरपालिकाले पनि इमेलमार्फत आगामी आर्थिक वर्षको योजनाका लागि सुझाव माग गरिरहेको बताइएको छ । बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुका सम्बन्धमा रचनात्मक सुझाव दिन राजनीतिक दल, नागरिक समाज, सरकारी तथा गैरसरकारी सङ्घसंस्था, शिक्षक, बुद्धिजीवी, पेशा व्यवसायीलाई सुझाव दिनका लागि अनुरोध गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पर्मानन्द शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सबै क्षत्र तह र तप्काबाट सुझाव माग गरेका छौँ, आशा छ सबैले राम्रै तथा रचनात्मक सुझाव पेश गर्नु हुनेछ ।”

यसैगरी जोरायल गाउँपालिकाले एकीकृत विकास गुरुयोजनाको दीर्घकालीन सोच, लक्ष्य तथा आवश्यकताका आधारमा बजेट, नीति तथा कार्यक्रम बनाउने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र ठगुन्नाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले यही जेठ २८ गतेभित्र सरोकारवालासँग बजेटका लागि प्रस्ताव माग गरिएको छ । 

यस्तै बडिकेदार, सायल, आदर्श, केआइसिंह तथा पुर्वीचौकी गाउँपालिकाले पनि जनताको आवश्यकता र मागका आधारमा बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्ने लक्ष्य लिएको जनाएका छन् । ती गाउँपालिका पनि एकीकृत विकास गुरुयोजनाको दीर्घकालीन सोच, लक्ष्य तथा आवश्यकताका आधारमा बजेट, नीति तथा कार्यक्रम बनाउने लक्ष्य लिई बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो