१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रसुवागढी नाकाबाट १०हजार सिलिण्डर आयात

३० जेष्ठ २०७८, आईतवार ०६:३१

जेठ ३०, रसुवा (रासस)। कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन् ।

चीन सरकारको सहयोगमा केही दिन अगाडि भित्रिएको एक हजार ५०० सिलिण्डरका साथै निजी व्यवसायीबाट पनि अक्सिजन सिलिण्डर आयात गर्ने काम भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार दोस्रो लहरको कोरोना सङ्क्रमण बढेपश्चात वैशाखदेखि हालसम्म निजी क्षेत्रका व्यापारी व्यवसायीले करिब १० हजार थान अक्सिजन सिलिण्डर नेपाल भित्र्याइसकेका छन् ।

मानव उपचारका लागि आयात गरिएका कुनै पनि माल सामग्री चीनको उत्पादक कम्पनीबाट रसुवागढीको मितेरी पुल पुग्नासाथ तुरून्तै भन्सार प्रक्रिया पूरा गरी काठमाडौँ पठाउने कामलाई पहिलो प्राथमिकता दिइएको भन्सार कार्यालयका कर्मचारीले बताएका छन् ।

कोरोना सङ्क्रमणको असरले बिहानको समयमा मात्र सामग्री आयात हुने गरे पनि चिनियाँ भन्सार कार्यालयका कर्मचारीसँग आफ्नो अत्यन्तै नरम सद्भाव भएका कारण स्वास्थ्य सामग्री बोकी आएका सवारी साधन बिहानदेखि साँझसम्म नेपाल भित्रिने वातावरण बनाइएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताउनुभयो ।

अक्सिजन सिलिण्डरका लागि नेपाल सरकारको निर्णयानुसार भन्सार शुल्क छुट गरिएको छ । सिलिण्डरका साथै स्यानिटाइजर तथा मास्कसमेतका वस्तु आयात भइरहेको छ । यस्तै चीनबाट दैनिक सातवटा चिनियाँ ठूला कन्टेनरद्वारा नियमित सामग्री आयात भइरहेको छ ।

दैनिक आयात भइरहेका सामग्रीमध्ये बिरामीलाई अत्यावश्यक पर्ने स्याउ सबैभन्दा बढी परिमाणमा रहेको छ । आयात भएका अन्य सामग्रीमा ओखर, लसुन, अदुवाका साथै तयारी पोशाक, नेपालमा निर्माणाधीन विद्युत्का सामग्री, जुत्ताचप्पलजस्ता विविध मालवस्तु छन् । गत वैशाख तथा यही जेठ महिनाको २९ गतेसम्म करिब रु ७० करोड भन्सार शुल्कवापत राजश्व असुली भएकोसमेत प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह