२८ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बुढानीलकण्ठमा ‘पछि लालपुर्जा आउँछ’ भन्दै सयौं रोपनी सरकारी जग्गा किनबेच (सम्पादित)

३० जेष्ठ २०७८, आईतवार ०८:०८

जेठ ३०, काठमाडौँ | काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नम्वर ४ मा सयौं रोपनी प्रतिजग्गा मिलिमतोमा किनवेच भईरहेको आरोप लगाइएको छ । भूकम्प अघि केहि घर मात्र बनेपनि अहिले राजनीतिक स्वार्थ र मिलिमतोमा लालपुर्जा बिनाकै जग्गा एकापसमा किनबेच हुने र सिफारिस समेत दिने गरेको स्थानीयको आरोप छ ।

स्थानीयका अनुसार बुढानिलकण्ठ लिपिकोटको सार्वजनिक जग्गा लगभग १३० रोपनी जग्गामा विश्वविद्यालय बनाउने अवलोकन भएपनि मिलिमतोमा दुई सय घर-टहराहरु बनाउन प्रति आना तीन/तीन लाख सम्ममा बिक्रीवितरण गरिएको स्थानीयको आरोप छ । 


यसै ठाउँमा राजनीतिक तथा आर्थिक स्वार्थमा परेर वडा कार्यालयले पहिरो संरक्षणको नाममा हालेको बजेटमा समेत बिबाद सृजना भएको छ । वडा अध्यक्षले नगरपालिकाबाट एक ठाउँमा बजेट हाल्ने भनेर झुक्याई अर्को ठाउँमा बजेट पारेको मेयर खरेलले बताएका छन् । स्थानीयका अनुसार मिलिमतोमा पहिरो संरक्षणको नाममा नगरपालिकाको बजेट समेत दुरूपयोग भएको छ । वडा कार्यालय प्रभावमा पर्दा पहिरो संरक्षण भन्दै सरकारी जग्गामा बनेको घरको संरक्षणमा समेत १५ लाख बजेट हालि निर्माणकार्य सम्पन्न भएको छ । प्रति जग्गामा घर बनाएका शङ्कर भण्डारीले उनको घर संरक्षणको लाग्गी पर्खाल लगाउन वडा अध्यक्षसँग मिलेर नगरपालिकालाई झुक्याई १५ लाख सिफारिस गरेको मेयर खरेलको भनाई छ । 


यस सम्बन्धमा नगरपालिकामा उनुरी परेपछि नगरपालिकाले अनुसन्धान गर्ने भन्दै पैसा रोक्का गरेको छ । त्यस्तै यस सम्बन्धमा नगरपालिकाका मेयर उद्दव खरेलले नगरपालिका र आफूलाई ढाटेर एक ठाउँको लागि भन्दै अर्को ठाउँमा निर्माण भएको संचारकर्मीसँग बताएका छन् । तर प्रति जग्गामा बनेको घर संरक्षणको लागि नगरपालिकाले बजेट दिएको विबादले नगरपालिकाले पैसा रोकेपछि मिलिमतोमा संलग्नहरुले कुरा फेरेर मेयरलाई पछिल्लो पटक मोही-तलसिङ रहेको जग्गाको पहिरो संरक्षण भएको दावी गर्दै नगरपालिकाबाट पैसा मागेका छन् । यस सम्बन्धमा मेयर खरेलले जग्गाको प्रमाण-पुर्जा मगाएको बताएका छन् ।

स्थानीयहरुले उक्त ठाउँमा एकाएक बस्ति निर्माण हुनुमा नयाँ जनप्रतिनिधि आएपछि भुफियाहरुसँगको मिलिमतो रहेको आरोप लगाएका छन् । उनीहरुले यसरी प्रति जग्गाको दोहन हुँदा सम्बन्धित निकायले कारवाहीको सट्टा, घरबाटो सिफारिस र बिजुलीको पोलहरु समेत दिंदै आएको छ । केहि बर्ष यता बस्ति बढेपछि र धमाधम प्रति जग्गा किनबेच हुन थालेपछि स्थानीयहरुले यस सम्बन्धमा नगरपालिकासम्मको मिलिमतो रहेको शंका लागेको गुनाशो गरेका छन् । एक स्थानीयले भने 'प्रति जग्गाको दोहन हुँदै गर्दा नगरपालिका मौन बस्नु आफैमा शंकास्पद छ ।'

उक्त ठाउँमा जग्गा बिक्रिमा संलग्नहरुले पछि तपाईंहरुले लालपुर्जा पाउनुहुन्छ भन्ने आश्वासन देखाएर प्रतिजग्गा धमाधम बिक्रीवितरण गरिएको स्थानीयले बताएका छन् । 


यस सम्बन्धमा स्थानीयहरुले गुनाशो गर्न थालेपछि भ्रष्टाचार विरुद्ध नागरिक अभियान नेपालले नगरपालिकाको ध्यानाकर्षण गराएको जनाएको छ । अभियानले गत जेठ ७ गते नगरपालिकालाई यस सम्बन्धमा निवेदन समेत दर्ता गराएको छ । उक्त निवेदनमा नगरपालिकाका मेयर खरेलले लगाएको तोकमा ‘उल्लेखित योजना सम्झौता अनुसार नभएको भन्ने देखिएकोले तुरुन्त छानवीन प्रतिवेदन नआईकार्य रोक्का गर्ने‘  उल्लेख छ । 

उक्त अभियानले नगरपालिकामा पेश गरेको निवेदनमा नगरपालिकाभित्रका सार्वजनिक जग्गा संरक्षणको लागि पटक-पटक आवाज उठाएको तर नगरपालिकाले वेवास्ता गर्दै ४ नम्वरको वडाको लिपिकोट भन्ने ठाउँमा सार्वजनिक जग्गा शंकर भण्डारीको अगुवाईमा व्यापक रुपमा निर्माण भईरहेको ध्यानाकर्षण गराएको थियो । निवेदनमा नगरपालिकामा मेयरको पी.ए. सुमित खरेल (जो मेयरज्युको नातेदार समेत हुनुहुन्छ) को पहलमा यस बुढानीलकण्ठ नगरपालिकाले भूक्षय नियन्त्रणको शिर्षकमा पर्खाल निर्माण गर्नको लागि यसै आर्थिक वर्षमा रु १५ लाख बिनियोजन गरेर सार्वजनिक जग्गा अतिक्रमणलाई प्रोत्साहन भएको देखिएको' भन्दै तुरुन्त निरीक्षण गरी सो काम रोक्न अनुरोध गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई भद्रकालीको हिरासतमा राखिने, सोमबार अदालत हाजिर गरिने केरलामा दलित छात्रालाई सामूहिक बलात्कार, ६४ आरोपितमध्ये २० जना पक्राउ एनपीलगत्तै चन्द्र भण्डारीलेपनि गरे अध्यादेशको विरोध ओलीप्रति नेपालको कटाक्ष : अनुहार नै हेर्न मन लाग्दैन भन्नेहरू सत्ताका लागि मसँग दौडिएर आए ८४ को चुनावपछि मात्र कांग्रेस महाधिवेशन हुन्छ : शशाङ्क कोइराला रवि लामिछानेलाई फेरि पठाइयो हिरासत पाँच वर्षमा कृषि अनुदानमा १ खर्ब ७ अर्ब खर्च बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस हुने मकवानपुरमा दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा नेकपा एससँग एकता गर्न हच्किए वामदेव गौतम, अभियानको बैठक अनिर्णित आर्मीले जित्यो पहिलो खेल, पुलिससँग फाइनल खेल्ने पक्का जय ट्रफीमा आर्मीलाई मधेशले दियो २८ रनको लक्ष्य लोकसेवा आयोग, विद्युत् प्राधिकरण र शिक्षा मन्त्रालयविरुद्ध सर्वोच्चमा रिट दायर नेपालमा टी२०आई खेल्न आउने नेदरल्याण्ड्स महिला क्रिकेट टोलीको घोषणा जय ट्रफी एलिट कप क्रिकेट: रित र शुभको अर्धशतकमा बागमतीले दियो पुलिसलाई ११६ रनको लक्ष्य काठमाडौँ जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु सरकारले अध्यादेश ल्याउनु गलत, ओली एकलौटी अघि बढे : एनपी साउद दुई हजार करोड क्लबतर्फ लम्किँदै ‘पुष्पा-२’ कोलम्बियामा विमान दुर्घटना: १० जना मृत फेला, ५ जना एकै परिवारका