2026-10-13 11:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बुढानीलकण्ठमा ‘पछि लालपुर्जा आउँछ’ भन्दै सयौं रोपनी सरकारी जग्गा किनबेच (सम्पादित)

जेठ ३०, काठमाडौँ | काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नम्वर ४ मा सयौं रोपनी प्रतिजग्गा मिलिमतोमा किनवेच भईरहेको आरोप लगाइएको छ । भूकम्प अघि केहि घर मात्र बनेपनि अहिले राजनीतिक स्वार्थ र मिलिमतोमा लालपुर्जा बिनाकै जग्गा एकापसमा किनबेच हुने र सिफारिस समेत दिने गरेको स्थानीयको आरोप छ ।

स्थानीयका अनुसार बुढानिलकण्ठ लिपिकोटको सार्वजनिक जग्गा लगभग १३० रोपनी जग्गामा विश्वविद्यालय बनाउने अवलोकन भएपनि मिलिमतोमा दुई सय घर-टहराहरु बनाउन प्रति आना तीन/तीन लाख सम्ममा बिक्रीवितरण गरिएको स्थानीयको आरोप छ । 

यसै ठाउँमा राजनीतिक तथा आर्थिक स्वार्थमा परेर वडा कार्यालयले पहिरो संरक्षणको नाममा हालेको बजेटमा समेत बिबाद सृजना भएको छ । वडा अध्यक्षले नगरपालिकाबाट एक ठाउँमा बजेट हाल्ने भनेर झुक्याई अर्को ठाउँमा बजेट पारेको मेयर खरेलले बताएका छन् । स्थानीयका अनुसार मिलिमतोमा पहिरो संरक्षणको नाममा नगरपालिकाको बजेट समेत दुरूपयोग भएको छ । वडा कार्यालय प्रभावमा पर्दा पहिरो संरक्षण भन्दै सरकारी जग्गामा बनेको घरको संरक्षणमा समेत १५ लाख बजेट हालि निर्माणकार्य सम्पन्न भएको छ । प्रति जग्गामा घर बनाएका शङ्कर भण्डारीले उनको घर संरक्षणको लाग्गी पर्खाल लगाउन वडा अध्यक्षसँग मिलेर नगरपालिकालाई झुक्याई १५ लाख सिफारिस गरेको मेयर खरेलको भनाई छ । 

यस सम्बन्धमा नगरपालिकामा उनुरी परेपछि नगरपालिकाले अनुसन्धान गर्ने भन्दै पैसा रोक्का गरेको छ । त्यस्तै यस सम्बन्धमा नगरपालिकाका मेयर उद्दव खरेलले नगरपालिका र आफूलाई ढाटेर एक ठाउँको लागि भन्दै अर्को ठाउँमा निर्माण भएको संचारकर्मीसँग बताएका छन् । तर प्रति जग्गामा बनेको घर संरक्षणको लागि नगरपालिकाले बजेट दिएको विबादले नगरपालिकाले पैसा रोकेपछि मिलिमतोमा संलग्नहरुले कुरा फेरेर मेयरलाई पछिल्लो पटक मोही-तलसिङ रहेको जग्गाको पहिरो संरक्षण भएको दावी गर्दै नगरपालिकाबाट पैसा मागेका छन् । यस सम्बन्धमा मेयर खरेलले जग्गाको प्रमाण-पुर्जा मगाएको बताएका छन् ।

स्थानीयहरुले उक्त ठाउँमा एकाएक बस्ति निर्माण हुनुमा नयाँ जनप्रतिनिधि आएपछि भुफियाहरुसँगको मिलिमतो रहेको आरोप लगाएका छन् । उनीहरुले यसरी प्रति जग्गाको दोहन हुँदा सम्बन्धित निकायले कारवाहीको सट्टा, घरबाटो सिफारिस र बिजुलीको पोलहरु समेत दिंदै आएको छ । केहि बर्ष यता बस्ति बढेपछि र धमाधम प्रति जग्गा किनबेच हुन थालेपछि स्थानीयहरुले यस सम्बन्धमा नगरपालिकासम्मको मिलिमतो रहेको शंका लागेको गुनाशो गरेका छन् । एक स्थानीयले भने ‘प्रति जग्गाको दोहन हुँदै गर्दा नगरपालिका मौन बस्नु आफैमा शंकास्पद छ ।’

उक्त ठाउँमा जग्गा बिक्रिमा संलग्नहरुले पछि तपाईंहरुले लालपुर्जा पाउनुहुन्छ भन्ने आश्वासन देखाएर प्रतिजग्गा धमाधम बिक्रीवितरण गरिएको स्थानीयले बताएका छन् । 

यस सम्बन्धमा स्थानीयहरुले गुनाशो गर्न थालेपछि भ्रष्टाचार विरुद्ध नागरिक अभियान नेपालले नगरपालिकाको ध्यानाकर्षण गराएको जनाएको छ । अभियानले गत जेठ ७ गते नगरपालिकालाई यस सम्बन्धमा निवेदन समेत दर्ता गराएको छ । उक्त निवेदनमा नगरपालिकाका मेयर खरेलले लगाएको तोकमा ‘उल्लेखित योजना सम्झौता अनुसार नभएको भन्ने देखिएकोले तुरुन्त छानवीन प्रतिवेदन नआईकार्य रोक्का गर्ने‘  उल्लेख छ । 

उक्त अभियानले नगरपालिकामा पेश गरेको निवेदनमा नगरपालिकाभित्रका सार्वजनिक जग्गा संरक्षणको लागि पटक-पटक आवाज उठाएको तर नगरपालिकाले वेवास्ता गर्दै ४ नम्वरको वडाको लिपिकोट भन्ने ठाउँमा सार्वजनिक जग्गा शंकर भण्डारीको अगुवाईमा व्यापक रुपमा निर्माण भईरहेको ध्यानाकर्षण गराएको थियो । निवेदनमा नगरपालिकामा मेयरको पी.ए. सुमित खरेल (जो मेयरज्युको नातेदार समेत हुनुहुन्छ) को पहलमा यस बुढानीलकण्ठ नगरपालिकाले भूक्षय नियन्त्रणको शिर्षकमा पर्खाल निर्माण गर्नको लागि यसै आर्थिक वर्षमा रु १५ लाख बिनियोजन गरेर सार्वजनिक जग्गा अतिक्रमणलाई प्रोत्साहन भएको देखिएको’ भन्दै तुरुन्त निरीक्षण गरी सो काम रोक्न अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम