2026-10-13 11:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोपको व्यवस्था गर्न माग गर्दै पेट्रोलियम पदार्थको ढुवानी बन्द

जेठ ३०, काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले खोपको व्यवस्था नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने भएको छ । संघले आईतबार नेपाल आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोकिएको जनाएको हो ।

संघले दोस्रो लहरको कोरोनाभाइरस संक्रमितको संख्यामा वृद्धि भएको भन्दै संघले नेपाल आयल निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा खोपको माग गरेको थियो । तीन पटकसम्म खोपको माग गर्दै पत्र पठाउँदा समेत वेवास्ता भएको भन्दै संघले खोपको व्यवस्था नभएसम्म ढुवानी नगर्ने जनाएको हो ।

‘अत्यावश्यक सामग्री ढुवानी गर्ने चालक तथा सहचालकलाई सुरक्षित स्वास्थ्य सामग्री र पहिलो प्राथमिकतामा संक्रमण विरुद्धको खोप अति आवश्यक छ । खोपको विषयमा संघले बारम्बार सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै आएको भएतापनि कुनै पनि कदम चालेको नदेखिएकाले स्वास्थ्य सुरक्षा र खोपको विशेष व्यवस्थाको पहल नगरेसम्म अति आवश्यक जोखिममा चालक, सहचालकहरु सेवा उपलब्ध गराउन असमर्थ भएका छौँ’, संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ । संघले पेट्रोलियम पदार्थको ढुवानी रोक्दा काठमाडौं उपत्यका लगायतका जिल्लामा पेट्रोलियम पदार्थको अभाव हुनसक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम