१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यास नगरपालिकामा व्यास ऋषिको १०८ फिट मूर्ति निर्माणार्थ सम्झौता

३० जेष्ठ २०७८, आईतवार १५:००

जेठ ३०, तनहुँ | व्यास नगरपालिका–व्यास ऋषिको तपोभूमि शिव पाञ्चायन मन्दिर परिसर क्षेत्रमा महर्षि वेदव्यास ऋषिको १०८ फिट अग्लो मूर्ति निर्माणको लागि आइतबार दुईपक्षीय सम्झौता भएको छ । व्यास नगरपालिकाका तर्फबाट नगर प्रमुख बैकुण्ठ न्यौपाने, कार्यकारी अधिकृत डिल्लीराम सिग्देल र गौरी पार्वती देव एण्ड शयर/ऋषि शक्ति जेभी काठमाडौँबीच सम्झौता भएको हो । 

बोलपत्रपश्चात रु पाँच करोड ५० लाख ५५ हजार ६४० (मूल्यअभिवृद्धि करसहित) मा दुई तलाको मूर्ति निर्माणको लागि सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिग्देलले जानकारी दिनुभयो । एक वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लगाइएको हो । व्यास पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय केन्द्रका रुपमा लैजानको लागि व्यास नगरपालिका कार्यालय लागिपरेको छ ।

उहाँले भन्नुभयो, ‘‘काठमाडौँबाट मुक्तिनाथसम्म जाने पर्यटकहरु दमौली झरेर एक रात बस्ने गरी गन्तव्यस्थलको रुपमा विकास गर्न लागिएको हो ।’’ शिव पाञ्चायन संरक्षण समितिले व्यास नगरपालिकालाई जिम्मेवारी दिएपछि बहुवर्षीय योजनाअनुरुप क्रमशः निर्माण गर्दै लैजाने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ । व्यास नगरपालिका कार्यालय र उक्त फर्मबीच भएको सम्झौताबमोजिम कार्यदिशाको मितिमा कार्य प्रारम्भ गरी तोकिएको समयमा सम्पन्न गर्नका लागि यो कार्यदिशा प्रदान गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह