२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यास नगरपालिकामा व्यास ऋषिको १०८ फिट मूर्ति निर्माणार्थ सम्झौता

२०७८, ३० जेष्ठ आईतवार १५:००

जेठ ३०, तनहुँ | व्यास नगरपालिका–व्यास ऋषिको तपोभूमि शिव पाञ्चायन मन्दिर परिसर क्षेत्रमा महर्षि वेदव्यास ऋषिको १०८ फिट अग्लो मूर्ति निर्माणको लागि आइतबार दुईपक्षीय सम्झौता भएको छ । व्यास नगरपालिकाका तर्फबाट नगर प्रमुख बैकुण्ठ न्यौपाने, कार्यकारी अधिकृत डिल्लीराम सिग्देल र गौरी पार्वती देव एण्ड शयर/ऋषि शक्ति जेभी काठमाडौँबीच सम्झौता भएको हो । 

बोलपत्रपश्चात रु पाँच करोड ५० लाख ५५ हजार ६४० (मूल्यअभिवृद्धि करसहित) मा दुई तलाको मूर्ति निर्माणको लागि सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिग्देलले जानकारी दिनुभयो । एक वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लगाइएको हो । व्यास पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय केन्द्रका रुपमा लैजानको लागि व्यास नगरपालिका कार्यालय लागिपरेको छ ।

उहाँले भन्नुभयो, ‘‘काठमाडौँबाट मुक्तिनाथसम्म जाने पर्यटकहरु दमौली झरेर एक रात बस्ने गरी गन्तव्यस्थलको रुपमा विकास गर्न लागिएको हो ।’’ शिव पाञ्चायन संरक्षण समितिले व्यास नगरपालिकालाई जिम्मेवारी दिएपछि बहुवर्षीय योजनाअनुरुप क्रमशः निर्माण गर्दै लैजाने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ । व्यास नगरपालिका कार्यालय र उक्त फर्मबीच भएको सम्झौताबमोजिम कार्यदिशाको मितिमा कार्य प्रारम्भ गरी तोकिएको समयमा सम्पन्न गर्नका लागि यो कार्यदिशा प्रदान गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा