२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निषेधाज्ञासँगै घट्यो डिजिटल भुक्तानी कारोबार

२०७८, २ असार बुधबार ०८:५०

समुन्द्रा घिमिरे । असार २, काठमाडौँ (रासस) । गत वैशाखदेखि देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएसँगै डिजिटल भुक्तानी प्रणालीमार्फत हुने कारोबार रकममा कमी आएको छ । निषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारीसँगै डिजिटल भुक्तानीको कारोबार रकममा कमी आएको हो ।  

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दश महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०७७ अनुसार गत चैतको तुलनामा वैशाखमा मात्र कारोबार रकममा रु साढे दुई अर्बभन्दा बढीले कमी आएको छ ।

निषेधाज्ञा शुरु हुनुअघि डिजिटल कारोबार लगातार बढिरहे पनि निषेधाज्ञा शुरु भएसँगै कारोबारको सङ्ख्या र परिमाण घटेको राष्ट्र बैंकको तथ्याङ्कमा छ । निषेधाज्ञा लागू भएसँगै कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ, क्युआर स्क्यान मोबाइल वालेट र इकर्मसमार्फत हुने कारोबार रकममा कमी आएको हो ।

गत चैतमा डिजिटल भुक्तानीमार्फत रु एक खर्ब ६६ अर्ब ८१ करोडभन्दा बढीको कारोबार भएकामा वैशाखमा उक्त कारोबार रकममा कमी आई रु एक खर्ब ६४ अर्ब ७५ करोड बराबरको कारोबार भएको छ । गत वर्षकोे निषेधाज्ञासँगै कारोबार रकममा वृद्धि हँुदै आएकामा निषेधाज्ञा लागू भएसँगै कारोबार रकममा कमी आएको हो ।

कुनको कति रकम घट्यो ?

राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत चैतको तुलनामा कनेक्ट आइपिएसमार्फत हुने कारोबार रकममा रु ९३ करोड २० लाखले कमी आएको छ । वैशाखमा कनेक्ट आइपिएसमार्फत रु एक खर्ब ४१ अर्ब २७ करोड बराबरको कारोबार भएको छ । गत चैतमा रु एक खर्ब ४१ अर्ब ८० करोढ २० लाख बराबरको कारोबार भएको थियो भने फागुनमा रु एक खर्ब १० अर्ब ५७ करोड २० लाख बराबरको कारोबार भएको थियो ।

चैतमा २० लाख ३८ हजार ४६५ पटक कनेक्ट आइपिएसको प्रयोेग भएकामा वैशाखमा १८ लाख ४३ हजार ५५१ पटक मात्र कारोबार भएको छ । यस्तै गत चैतकोे तुलनामा इन्टरनेट बैंकिङमार्फत हुने कारोबार रकममा समेत कमी आएको छ । वैशाखमा रु दश अर्ब ८० करोड बराबरको कारोबार भएकामा गत चैतमा रु दश अर्ब २१ करोड पाँच लाख बराबरको कारोबार भएको थियो ।

गत चैतमा वालेटमार्फत रु ११ अर्ब २१ लाख बराबरको कारोबार भएकामा वैशाखमा रु १० अर्ब १० लाख बराबरको कारोबार भएको छ । क्युआरमा आधारित भुक्तानीमार्फत गत चैतमा रु दुई अर्ब ७२ करोड २२ लाख बराबरको कारोबार भएकामा वैशाखमा रु दुई अर्ब ५२ करोड ९० लाख कारोबार भएको छ ।

यस्तै गत चैतमा अनलाइन (इ–कमर्स) का माध्यमबाट रु दश अर्ब ५८ करोड बराबरको कारोबार भएकामा वैशाखमा कारोबार रकममा कमी आई रु ७६ करोड ८० लाख बराबरको कारोबार भएको छ । अन्य डिजिटल माध्यमबाट गत चैतको तुलनामा वैशाखमा कारोबार रकममा कमी आए तापनि मोबाइल बैङ्किङमार्फत हुने कारोबार रकममा केही वृद्धि भएको छ ।

गत चैतमा मोबाइल बैङ्किङमार्फत रु ४८ अर्ब ६५ करोड २० लाख बराबरको कारोबार भएकामा वैशाखमा रु ४८ अर्ब ८८ करोड ७० लाख बराबरको कारोबार भएको छ । गत चैतको तुलनामा वैशाखमा रु २३ करोड ५० लाख बराबरले वृद्धि भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ