2026-10-13 11:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘पत्रकारिताको क्षेत्रमा छुट भएका कुरा सम्बोधन हुन्छ’

असार ३, वाग्मती (रासस) । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बजेट भाषणमा पत्रकारिता क्षेत्रको विकासका बारेमा छुट भएका कुरा सम्बोधन हुने बताउनुभएको छ । आर्थिक पत्रकार समाजले आयोजना गरेको आर्थिक पत्रकारितासम्बन्धी तालिममा आज उहाँले कोभिड नियन्त्रण र रोकथाम तथा महामारीका कारण थला परेको अर्थतन्त्र उठाउनका लागि सरकार लागकाले केही महत्वपूर्ण कुरा पनि छुटेको हुनसक्ने उल्लेख गर्नुभयो ।

मन्त्री ढुङ्गेलले प्रदेश सरकार पत्रकारलाई तालिम, क्षमता वृद्धि तथा सञ्चारगृहको व्यवस्थापनका लागि सहयोग गर्न तयार रहेको धारणा राख्नुभयो । सञ्चार क्षेत्र र सरकार एकआपसका परिपूरक भएको उल्लेख गर्दै उहाँले सरकार पत्रकारिता क्षेत्रको विकास र स्थायित्वका लागि प्रतिबद्ध रहेको बताउनुभयो । 

“कोभिडको नियन्त्रण, उपचारको पर्याप्तता, अस्पतालको सशक्तीकरण, स्वास्थ्यकर्मीको व्यवस्थापन तथा कोभिडका कारण कारण ज्यान गुमाएका व्यक्तिका परिवारको व्यवस्थापन, अभिभावकविहीन बन्न पुगेका बालबालिकाको भरणपोषणका लागि सरकारले कार्यक्रम ल्याएको छ”, मन्त्री ढुङ्गेलले भन्नुभयो ।

कार्यक्रममा अर्थ मन्त्रालयका  सचिव  शिशिर ढुङ्गानाले प्रदेश सरकारले भर्खरै ल्याएको बजेट केन्द्र सरकारको बजेटसँग तालमेल मिलेको र कार्यान्वयनमा सहज हुने खालको रहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशका अध्यक्ष शिव देवकोटाले वाग्मती प्रदेश सरकारले बजेटमा पत्रकारिता क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाउनुभयो । 

नेपाल सङ्घीयतामा गएर आर्थिक क्षेत्रका अधिकारसमेत प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भइसकेको अवस्थामा प्रदेशमा समेत आर्थिक क्षेत्रलाई बिटका रूपमा स्थापित गराउने उद्देश्यले भिडियो कन्फरेन्समार्फत तालिम आयोजना गरिएको आर्थिक पत्रकार समाजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो