2026-09-18 11:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विकासका पथमा लम्कँदै नेपालगञ्ज

नीरज गौतम । असार ४, नेपालगन्ज (रासस) । भौतिक पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकतामा राखेर नेपालगञ्ज उपमहानगरपालिकाले योजनाहरु सञ्चालन गर्दै आएको छ । उपमहानगरपालिकाले प्राथमिकताका आधारमा साना, ठूला विकास योजनाको काम वडा तहसम्म सञ्चालन गर्दै आएको छ । “हामीले बजेटका आधारमा योजनाहरु छुट्याएर विकास निर्माणको काम सञ्चालन गर्दै आएका छौ”, नगरप्रमुख डा। धवलशम्शेर राणाको भनाइ छ ।

पक्की वाटो, ढल निकास, नाला, खानेपानी, नयाँ छात्रा कलेज, सामुदायिक विद्यालयको भौतिकस्तर वृद्धि, पर्यटकीय विकासको आधार बनेको रानीतलाउ चिल्ड्रेन पार्क लगायतको संरचनाको जिर्णोद्धार र नयाँ निर्माण लगायतका लागि उपमहानगरपालिकाले बजेट छुट्याएको छ । त्यसैगरी, सीमान्तकृत र पछाडि पारिएका समुदायको सामाजिक विकासका लागि पनि सीप र रोजगार सम्बन्धी कार्यक्रम उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको छ । “पछाडि परेका क्षेत्र र समुदायलाई विकासको मूलप्रवाहमा ल्याउन बजेट र कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ”, नगरप्रमुख राणाको भनाइ छ, “ठूलाठूला नगरस्तरीय योजना नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालन गर्ने र वडास्तरीय योजना वडा कार्यालयकै जिम्मा लगाइएको छ ।”

यसैगरी, उपमहानगरपालिकामा पाँच वर्षदेखि एशियाली विकास बैंकको सहयोगमा शहरी विकास योजना अन्तर्गत बाटो, नाला, ढल निकास, खानेपानी र विद्युत विस्तारको काम भइरहेको छ । यी योजनावाट नेपालगन्जको सडक चौडा भएका छन् भने वर्षातमा हुने डुबानको समस्यावाट पनि नेपालगन्ज मुक्त भएको छ । “स्थानीय तहमा वर्षौसम्म जनप्रतिनिधि नहुँदा कर्मचारीहरुले नगरको विकासका लागि ठोस काम केही गरेनन् तर, अहिले अवस्था फेरिएको छ । नगरपालिका जनप्रतिनिधिहरुले एकैपटक सबै काम गर्न नसके पनि प्राथमिकताका आधारमा विकास निर्माणका काम क्रमशः गर्दै आएका छन्”, नगर प्रमुख डा। राणाको तर्क छ ।  

नेपालगन्ज उपमहानगरपालिकामा कृषि विकासको सम्भावना पनि प्रशस्त छ । संघीय संरचनाको क्रममा थपिएका थप ६ वटा वडा त्यहाका स्थानीयको मुख्य व्यवसाय कृषि नै भएकाले कृषि विकासको सम्भावना देखिएको हो । कूल २३ वडा रहेको उपमहानगरपालिका पूर्वी र उत्तरी क्षेत्रका वासिन्दा कृषि पेशामा आवद्ध भएकाले कृषि उत्पादन र कृषिजन्य व्यवसायको राम्रो सम्भाव्यता रहेको छ । जिल्ला कृषि विकास कार्यालय खारेज भएर नेपालगन्ज उपमहानगरपालिकामा कृषि शाखाका रुपमा प्रतिस्थापन भएपछि कृषि र कृषिजन्य व्यवसायको सम्भावना बढेको हो । 

त्यसैगरी, उपमहानगरपालिकाले कोरोना महामारीको जोखिम कम गर्न तथा सङ्क्रमितको जीवन रक्षाका लागि आइसोलेशन कक्षको स्थापना, सीमानाकामा हेल्थ डेस्क सञ्चालन, सरकारी तहवाट सञ्चालित भेरी अस्पतालको स्तरवृद्धिका लागि समेत रकम विनियोजन गरेको छ । नगरप्रमुख राणाका अनुसार, गत आर्थिक वर्षको रु एक अर्ब ४९ करोड ४२ लाख बजेट अन्तर्गत उपरोक्त योजनाहरु सञ्चालन गरिएको हो । आर्थिक  वर्षमा अधिकांश पुराना र केही नयाँ योजनामा बजेट विनियोजन हुनेछ । “बजेट निर्माणको काम धमाधम भइरहेकाले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट चालू आर्थिक वर्षकै हाराहारीमा वा केही बढेर आउन सक्छ”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई