2026-10-13 10:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चन्द्रागिरिको नीति तथा कार्यक्रममा स्वास्थ्यलाई प्राथमिकता

असार ७, काठमाडौँ (रासस)। चन्द्रागिरि नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिले आर्थिक वर्ष २०७८/७९ मा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट ल्याउन लागेको हो । 

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि चन्द्रागिरिले नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको हो । 

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले आगामी दिनमा आउने कोरोनाको तेस्रो भेरियन्टलाई मध्यनजरमा राख्दै नीति, कार्यक्रम र बजेट निर्माण गर्न लागेको जानकारी दिनुभयो । “पिसिआर परीक्षण, एन्टीजेन परीक्षण, कोरोना खोप र अक्सिजन प्लान्टलाई लक्षित गरेर नीति, कार्यक्रम र बजेट निर्माण गर्न लागेका छौँ”, उहाँले भन्नुभयो । 

स्वास्थ्यबाहेक नगरपालिकाले शिक्षा, विपद् व्यवस्थापन, पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । नागरिकको जीवनरक्षा नगरपालिकाको पहिलो प्राथमिकता रहेको प्रवक्ता महर्जनको भनाइ छ । उक्त नगरपालिकाले नीति, कार्यक्रम र बजेटमा राख्ने कार्यक्रम तथा योजनाबारे यसअघि नै वडा वडामा छलफल सम्पन्न गरिसकेको छ । 

सो नपाले आव २०७८/७९ को नीति तथा कार्यक्रमबारे छलफल गर्न मङ्गलबार नगर कार्यपालिकाको बैठक आह्वान गरेको छ । यस्तै नगरपालिकाले यही असार १० गते नवौँ नगरसभा बोलाएको छ । गत आर्थिक वर्षमा रु एक अर्ब ७२ करोडको बजेट ल्याएको सो नगरपालिकाले अहिले रु दुई अर्बभन्दा बढीको बजेट ल्याउने गरी नीति तथा कार्यक्रमलाई अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो