2026-10-13 10:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेरोजगार किसानलाई कृषि र पशुपालनमार्फत आत्मनिर्भर बनाइने

असार ८, दार्चुला (रासस)। अपि हिमाल गाउँपालिकाले बेरोजगारलाई कृषि र पशुपालन व्यवसायमार्फत आत्मनिर्भर बनाउने नीति कार्यक्रम ल्याएको छ । जिल्लाकै दुर्गम क्षेत्रको हिमाली गाउँपालिकाले कृषि र पशुपालनको राम्रो सम्भावना रहेको भन्दै बेरोजगारलाई यसतर्फ लक्ष्य गरी नीति कार्यक्रम ल्याएको छ । 

गाउँपालिकाको १२औँ गाउँसभाले ‘समृद्धि र खुशी अपिका लागि जादुगरीका चार आधार, स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन बोक्ने रोजगारीको दिगो पूर्वाधार’ भन्ने मूल नाराका साथ नीति कार्यक्रम सार्वजनिक गरेको छ । कोभिडले रोजगारी गुमाएकालाई गाउँ फर्काएर रोजगारी दिने नीति लिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले बेरोजगारलाई कृषि र पशुपालनतर्फ आत्मनिर्भर गराउने उद्देश्य राखेको छ ।

गाउँपालिकाभित्रका बेरोजगारहरूको लगत सङ्कलन गरी पालिकाभित्र रोजगार बैंक स्थापना गर्ने गाउँपालिकाको नीति कार्यक्रम रहेको छ । बेरोजगारलाई भौतिक पूर्वाधारमा रोजगारी दिलाउने गाउँपालिकाले जनाएको छ । यस्तै प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत १०० जनालाई रोजगारी दिलाइने योजना गाउँपालिकालको छ । कोभिड–१९ का कारण समस्यामा परेकालाई आयआर्जनमुखीतर्फ आत्मनिर्भर बनाउने गाउँपालिकाको नीति छ ।

‘हाम्रो गाउँ हाम्रो ठाउँ, बाँझो जमीन रहने छैन कुनै ठाउँ’ भन्ने नारालाई आत्मसात् गर्दै महामारीमा गाउँ फर्किएकालाई रोजगारी सुनिश्चितता हुने नीति समेटिएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो । गाउँपालिकाले कृषि आधुनिकीकरण कार्यक्रममार्फत ‘एक बस्ती, एक उत्पादन’ कार्यक्रम लागू गर्नेछ ।

किसानको बाली बीमामा जोड दिइने छ । किसानको उत्पादनलाई कृषि उपज सङ्कलन केन्द्र, प्याकेजिङ, लेबलिङ तथा बजारीकरणमा सहजीकरण गरिने उल्लेख छ । आधुनिक ओखर, स्याउ, अमिलो जातका फलफूलका विरुवाहरु वितरण गरिने र व्यावसायिकतामा जोड दिइने नीति लिइएको छ । गाउँपालिकाको मुख्य उत्पादनका रूपमा रहेका रैथाने बाली (राजमा, जौ, कोदो, फापर आदि), मसला बाली रायो, लसुन, बेसार, अदुवा, प्याज, धनियाँको संरक्षण, आधुनिकीकरण तथा व्यावसायीकरण गर्ने नीति अवलम्बन गरिएको छ ।

पशुपालनमा जोड दिन भेडाबाख्रा संरक्षण कार्यक्रम, तथा भेडा प्रवद्र्धन गरिने छ । सबै वडामा भेटेरिनरी शाखा विस्तार गरिने नीति छ । यस्तै कोभिडका कारण बेरोजगार कृषकलाई पशुपालनमा आत्मनिर्भर बनाई आयआर्जनमा वृद्धि गर्न किसानहरू ‘गरे सिक्छन् देखे विश्वास गर्छन्’ भन्ने कुरालाई पुष्टि गर्न एक वडा एक उत्पादन कार्यक्रम लागू गरिने भएको छ ।

किसानको खेतबारीमा कार्यक्रम 

सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति कार्यक्रम सार्वजनिक गरेको छ । नगरप्रमुख हंसराज भट्टले सोमबार महाकाली नगरपालिका कार्यालयमा आगामी आर्थिक वर्षको नीति कार्यक्रम सार्वजनिक गर्नुभएको हो । आगामी नीति कार्यक्रममा अधिकांश पुरानै कार्यक्रम जोडिएका छन् । नगरपालिकाले किसानको पेशा सुनिश्चित गर्न तथा प्राविधिक समस्या समाधान गर्न किसानको खेतीबारीमा कार्यक्रम ल्याउने भएको छ ।

कृषि पेशामा लागेका कृषकलाई निरन्तर कृषि पेशामै संग्लन गराउन तथा प्राविधिक समस्या समाधान गर्न यस्तो कार्यक्रम ल्याउन लागिएको हो । कृषि उत्पादनमा वृद्धि गर्न सिँचाइ पहुँच उपलब्ध गराइने नीति कार्यक्रममा उल्लेख छ । यसका लागि नगरपालिकाले ठूला सिँचाइ योजनाअन्तर्गत सकार सिँचाइ, मझौला सिँचाइ योजनाअन्तर्गत काकडा सिँचाइ, झुस्कु सिँचाइ तथा साना सिँचाइ योजना मखौली, धाप सिँचाइ सञ्चालनमा ल्याउने उल्लेख गरिएको छ ।

व्यावसायिक कृषि गरिरहेका किसानलाई पहिचान गरी कृषक परिचयपत्र वितरणको व्यवस्थापन मिलाइने नगरप्रमुख भट्टले उल्लेख गर्नुभएको छ । यस्तै उहाँले कृषक पेन्सन कोषमार्फत कृषकको योगदानको कदर गरी सम्मानित गरिने बताउनुभएको छ । नगरपालिकाभित्रको वातावरणीय समृद्धिका लागि ‘एक घर, एक फल बिरुवा’ वितरण तथा उत्पादनका आधारमा अनुदान वितरण कार्यक्रमलाई व्यवस्थित गरिने उल्लेख छ ।

यस्तै नगरपालिकाले दुग्ध उत्पादनका लागि उन्नत भैँसी पाल्ने कृषकलाई प्रोत्साहन गर्ने तथा युवाशक्तिलाई कृषि पशुपालनमा आकर्षित गर्ने नीति लिएको छ । तरकारी र मासुमा आत्मनिर्भर बनाउन तथा कृषि तथा पशु व्यवसायमा आबद्ध हुने युवालाई तीन वर्षसम्मको ब्याज नगरपालिकाले बेहोर्ने गरी रु १० लाखसम्मको ऋण अनुदानका लागि वित्तीय संस्थासँग सहकार्य गरिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो