2026-10-13 10:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साढे ५ अर्ब बढीको आइपीओ पाइपलाइनमा, कुन कम्पनीको कति ? (सूचीसहित)

असार ९, काठमाडौँ । सेयर बजारमा ५ अर्ब ६८ करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) आउने तयारीमा रहेको छ । १८ वटा कम्पनीको ५ करोड ७१ लाख ५० हजार ३ सय ३४ कित्ता आइपीओ नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृतिका लागि पाइपलाइनमा छन् । 

आइपीओ स्वीकृतिको पाइपलाइनमा रहेका १८ वटा कम्पनीहरु १३ वटा हाइड्रो पावर कम्पनी, २ वटा लाइफ इन्स्योरेन्स, २ वटा माइक्रोफाइनान्स र १ वटा अन्य कम्पनी छन् । पाइपलाइनमा रहेका कम्पनीहरुको आइपीओ आवेदनमा बोर्डले ८ वटाको अन्डर प्रिलिमेनअरी रिभ्यु गरेको छ । साथै, २ वटा कम्पनीको रिभ्यू एण्ड कमेन्ट पठाएको छ भने ८ वटा कम्पनीको आइपीओ आवेदनमा रिप्लाइ एण्ड रिभ्यु गरिसकेको छ ।

कुन कम्पनीको कति कित्ता आइपीओ ?

माइलुङ्ग खोला जलविद्युत् कम्पनी २०७४ असोज २० गते नै बोर्डमा आवेदन दिएको थियो । कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ करोड ३६ लाख २८६ कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।

यस्तै, हिमालयन हाइड्रो पावर कम्पनीले २०७६ काक्तिक २७ गते बोर्डमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता, बिन्दवासिनी हाइड्रोपावर कम्पनीले ०७६ माघ १ गते २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता आइपीओ र डिसहोम मिडिया प्रालिले ०७७ असार ३० गते २३ करोड ८५ लाख ९ सय २९ सय रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता आइपीओ निष्कासनका लागि आवेदन दिएका हुन् ।

न्यादी हाइड्रो पावर कम्पनीले ०७७ मंसिर १० गते ४० करोड ५० लाख रुपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता आइपीओ, साहास उर्जा कम्पनीले गत मंसिर २४ गते १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता आइपीओ र साम्लिङ्ग पावर कम्वनीले गत माघ ५ गते १२ करोड ३० लाख कित्ता आइपीओ निष्कासनका लागि आवेदन दिएर बसेका छन् ।

बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीले गत माग ८ गते १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपीओ र सयपत्री हाइड्रो पावर कम्पनीले गत गत फागनु २० गते ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता आइपीओ निष्कासनका लागि बोर्ड आवेदन दिएर बसेका छन् ।

साथै, फागुन महिनामै आइपीओको आवेदन दिनेमा बलेफी हाइड्रो पावर कम्पनीले ३६ करोड ५५ लाख ९४ हजार बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता र ग्रीन भेञ्चर हाइड्रो पावर कम्पनीले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख २५ हजार कित्ता आइपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएका हुन् ।

अपर शोलु हाइड्रो पावर कम्पनीले गत चैत १६ गते बोर्डमा ३३ करोड ३० लाख ७५ हजार बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता आइपीओ निष्कासनका लागि आवेदन दिएको थियो ।

यस्तै, मनुषी लघुवित्तले गत बैशाख १३ गते ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आइपीओ, दोर्दी खोला जलविद्युत कम्पनीले बैशाख २१ गते २९ करोड ५१ लाख ९२ हजार रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९ सय २९ कित्ता आइपीओ र अपरहेवा खोला हाइड्रो पावर कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आइपीओ निष्कासनका लागि आवेदन दिएका थिए ।

साथै, युनियन लाइफ इन्स्योरेन्सले जेठ ९ गते ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ र सानिमा लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएर छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो