2026-10-13 10:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सवारी लाइसेन्सको लिखित परीक्षामा कस्तो प्रश्न आउँछ ? विभागले निकाल्यो प्रश्न बैंक

असार १०, काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा सहज हुने गरि सम्भावित प्रश्न संग्रह (क्वेशन बैक) आफ्नो वेसाइटमा प्रकाशन गरेको छ।

विभागले लिखित प्रयोजनका लागि तयार पारेको ५/५ सय वटा प्रश्नहरुको दुईटा प्रश्न संग्रह www.dotm.gov.np मार्फत प्रकाशित गरेको हो।साइटमा राखिने उक्त प्रश्नावलीमा करीब एक हजार प्रश्न राखिने बताइएको छ। त्यही भित्रबाट परीक्षार्थीलाई प्रश्न सोधिनेछ। अहिले विभिन्न स्रोतबाट पढेर परीक्षा दिनुपर्ने व्यवस्था छ। विस्तारै घरमै बसेर लिखित परीक्षा दिने व्यवस्था मिलाउने योजनामा विभाग छ।

परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ (वर्ग ‘क’/ ‘ट’ (A/K)- मोटर साइकल/ स्कुटर/मोपेड र वर्ग ‘ख’ (B)- कार/जीप/ डेलिभरी भ्यानका लागि २०७७ जेठ २ देखि लागू भएको हो।  यातायात सेवालाई थप सेवाग्राहीमैत्री बनाउँदै लैजाने उद्धेश्यले उक्त निर्देशिकाको दफा ५(२) बमोजिम वर्ग ‘क’/’ट’ (A/K) र वर्ग ख (B) को लागि लिइने लिखित परीक्षा प्रश्न संग्रहबाट ५ अंकका दरले २० वटा वस्तुगत प्रश्नहरु चयन गरी प्रश्नपत्र तयार पारेर सोधिनेछ।

संग्रहित प्रश्नहरु समय सन्दर्भ अनुसार संशोधन हुने सवारी ऐन तथा नियमावली, ट्राफिक नियम, विभागबाट जारी हुने नीति निर्देशन र सवारी साधनमा प्रयोग गरिने नयाँ नयाँ प्रविधिका आधारमा वार्षिक रुपमा अध्यावधिक गरिदै जाने विभागले जनाएको छ। प्रश्नपत्र संग्रहको सार्वजनिक प्रकाशनले परीक्षार्थीलाई लिखित परीक्षाको तयारी गर्न सहज हुने विश्वास विभागले लिएको छ।

प्रश्न संग्रह हेर्न यो लिंकमा क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो