2026-10-13 09:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एघार महिनामा एक खर्ब २१ अर्ब बराबरको निर्यात

असार ११,  काठमाडौँ (रासस)। चालु आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । यसअघि न्यून मात्रामा निर्यात हुने गरेकोमा पछिल्लो समय आयात सगैँ निर्यातमा बृद्धि हुन थालेको हो । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७÷७८ को एघार महिनाको (साउदेखि जेठसम्म) तथ्याङ्कअनुसार यस अवधिमा रु एक खर्ब २१ अर्ब २५ करोड ३९ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको हो । गत वर्षको सोही अवधिमा रु ८८ अर्ब ३१ लाख बराबरको वस्तु निर्यात भएको थियो ।

यसैगरी एघार महिनामा रु १३ अर्ब ८३ अर्ब ३६ करोड ४९ लाख बराबरको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अबधिको तुलनामा २५ दशमलव ६७ प्रतिशतले आयातमा बृद्धि भएको छ । गत आवमा सोही अबधिमा रु एघार खर्ब ८१ करोड ३४ लाख बराबरको वस्तु तथा सेवा आयात भएको थियो । जेठमा मात्रै रु एक खर्ब २९ अर्ब २५ करोड ४७ लाख रुपैयाँको आयात हुँदा रु १२ अर्ब ७७ करोड ४२ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।

तथ्याङ्कअनुसार यो वर्ष व्यापार घाटा २४ दशमलव ६१ प्रतिशतले बृद्धि भएको छ । विभागको तथ्याङ्कअनुसार एघार महिनामा रु १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख बराबरको वैदेशिक व्यापार घाटा भएको छ । आयातको तुलनामा निर्यातमा कमी आउँदा व्यापार घाटामा कमी आएको हो । गत वर्षको सोही अवधिमा नेपालले रु दश खर्ब १२ अर्ब ८१ करोड ३ लाख बराबरको वैदेशिक व्यापार घाटा व्यहोर्नुपरेको थियो । गत वर्षको तुलनामा यस वर्ष २४.६१ प्रतिशतले व्यापार घाटा भएको हो ।

वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव ९४ र निर्यातको हिस्सा ८ दशमलव ०६ प्रतिशत रहेको छ । आयातको हिस्सा मात्र ०.७१९ प्रतिशतले घटेको छ । चालु आवको सो अधिमा कूल वैदेशिक व्यापारमा बृद्धि भएको छ । एघार महिनाको अबधिमा रु पन्ध्र खर्ब ४ अर्ब ६१ करोड बराबरको वैदेशिक व्यापार भएको छ । गत आवको तुलनामा सोही अवधिमा रु एघार खर्ब ८८ अर्ब ८१ करोड ६५ लाख बराबरको व्यापार भएको थियो ।  गत वर्षको तुलनामा यस वर्ष २६.५६ प्रतिशतले व्यापारमा बृद्धि भएको छ ।

सो अवधिमा नेपालमा सबैभन्दा बढी डिजेल, आइरन प्रोडक्ट (स्टिल), भटमासको तेल, मोबाइल फोन, ग्यास, पेट्रोल आयात भएको छ । यस्तै, भटमासको तेल, अलैंची, कार्पेट, चिया, जुटबाट बनेको कार्पेटलगायत वस्तु सबैभन्दा धेरै नेपालबाट निर्यात भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो