2026-10-13 09:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालगञ्जको बजेट रु डेढ अर्बः चक्रपथ निर्माणलाई प्राथमिकता

असार ११, नेपालगञ्ज (रासस)। नेपालगञ्ज उपमहानगरपालिकाले आज नवौँ नगरसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा नेपालगञ्जमा चक्रपथ निर्माणलाई प्राथमिकतामा राखेको छ ।  नगरसभामा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु एक अर्ब ५४ करोड ७७ लाख ११ हजार ३६२  बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । 

उपमहानगरपालिकाको कूल बजेटबाट नगरका २३ वडाका लागि रु २८ करोड विनियोजन गरिएको छ ।   नगरसभामा नगर प्रमुख डा धवलशम्शेर राणाले सम्पूर्ण वडा कार्यालयको भवन र वडा नम्बर ६ मा क्रिक्रेट रंगशाला निर्माण पनि नीति तथा कार्यक्रमको प्राथमिकतामा परेको जनाउनुभयो । 

उक्त नीति तथा कार्यक्रममा नगरमा कालोपत्रे सडक र  नाला निर्माणलाई निरन्तरता दिइएको छ । यसैगरी नेपालगञ्ज सुर्खेतरोडको दायँबायाँ नाला नभएका स्थानमा व्यवस्थित पक्की नाला बनाउन आवश्यक पहल गरिने डा राणाले बताउनुभयो ।

यसैबीच बाँकेको डुडुवा गाउँपालिकामा आव २०७८।०७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ । गाउँपालिकाको आज बसेको नवौँ गाउँसभाले दुई विधेयक, ७० बुंदे नीति तथा कार्यक्रम र रु  ६८ करोड ६३ लाख ११ हजार को बजेट सार्वजनिक गरेको हो । 

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले कोभिड– १९ लाई समेत लक्ष्य गरि शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत्, वन तथा वातावरण, विकासनिर्माणलगायत ३६ बँुंदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो