२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जीवन विकास लघुवित्तको आइपीओ आजदेखि, कति भर्ने आवेदन ?

२०७८, ११ असार शुक्रबार ०७:१८

असार ११, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आजदेखि आइपीओ निष्कासन गरेको छ । कम्पनीले प्रति सेयर १ सय रुपैयाँ अंकितका दरले १९ लाख ७७ हजार ३०० कित्ता सेयर आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीका अनुसार उक्त सेयर कित्तामध्ये ३० हजार ४२० कित्ता (०.५ प्रतिशत) कर्मचारीहरुलाई र ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीको आर्थिक वर्ष २०७६/७७ मा प्रतिसेयर नेटवर्थ ३०५.२७ रुपैयाँ, प्रतिसेयर आम्दानी १०४.९७ रुपैयाँ र नेटवर्थ प्रतिफल ३४.३९ प्रतिशत छ । कम्पनीको सञ्चित नाफा ४ लाख ७ हजार ६२१ रुपैयाँ छ । त्यसैगरी कम्पनीको आगामी तीन वर्षको प्रक्षेपित नेगवर्थ प्रतिफल आर्थिक वर्ष २०७७/७८ मा २९.१० प्रतिशत, आव २०७८/७९ मा २९ प्रतिशत र आव २०७९/८० मा २६.९६ प्रतिशत छ ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १००० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओ छिटोमा असार १५ गते र ढिलोमा असार २५ गते बन्द हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा