2026-10-13 09:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

होमस्टे प्रवद्र्धनका लागि पदमार्ग

असार १४, बलेवा (रासस)। कतिपय स्थानमा होमस्टे (घरबास) प्रवद्र्धनको बजेटबाट घर बनाउने, घरभित्रका सामान किन्नमा खर्च भएको सुन्नमा पाइन्छ तर काठेखोला गाउँपालिका–७ रेशमा सामूहिक हित र पर्यटन प्रवद्र्धनका लािग बजेट लगानी गरिएको छ । 

रेशस्थित डोटे देउराली होमस्टे प्रवद्र्धनका लागि पर्यटकीय स्थान संरक्षण र पदमार्ग निर्माण गरिएको छ । रेशस्थित माहुरी झरनामा जाने झण्डै एक किमी लामो पदमार्ग निर्माण गरिएको हो । उक्त पदमार्ग बनेपछि स्थानीयवासीले झरनामा पुगेर घुम्ने क्रम शुरु भएको छ । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले दिएको रु १० लाख र अन्य स्रोत समेत परिचालन गरेर रु १५ लाखमा उक्त पदमार्ग निर्माण भएको वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो ।

यो पदमार्गबाट झरनामा पुगेपछि सानो टहरा र फलामे पुलसमेत बनाइएको छ । घुम्न गएकाहरुले यो पुल तरेर वारि र पारिको दृश्यावलोकन गर्न सक्छन् । “शीतल र आनन्द लाग्ने स्थान रहेछ, यो वनभोज जानेका लागि पनि उपयुक्त स्थान हो”, वडासदस्य कृष्णबहादुर थापाले भन्नुभयोे, “वडाध्यक्षले यस्ता महत्वपूर्ण स्थान हेरेर सही लगानी गर्नुभएको रहेछ ।” आगामी हिउँदमा वनभोज स्थलसमेत राख्ने योजना लामिछानेले सुनाउनुभयो । 

डोटे देउरालीमा आठ घर होमस्टे छन् । जिल्ला र बाहिरबाट आएका २० जनासम्मको समूहलाई जैविक खाना खुवाएर राख्न सक्ने गरी यो होमस्टे निर्माण भएको हो । “घर सरसफाइ, जैविक खाना र शुद्ध पानीको व्यवस्था घरघरमै भएको छ”, लामिछानेले भन्नुभयो, “एक दिने घुमाइका लागि आउनेलाई पनि यो राम्रो गन्तव्य बन्छ भनेर लगानी गरियो ।” होमस्टेबाट धौलागिरि र माछापुछ्रे हिमाली शृङ्खला पनि देख्न सकिन्छ । 

पर्यटन प्रवद्र्धनकै लागि होमस्टे नजिकै मदन भण्डारी पार्कसमेत निर्माण भएको छ । घुम्न आएका पाहुनाहरु यहाँ बसेर हिमाली दृश्य र रेशका अधिकांश बस्ती हेर्न सक्छन् । यहाँबाट बिहुँ, भीमापोखरा, पञ्चकोटसहितका क्षेत्र देखिन्छ । वडाको बजेटबाट गत वर्ष बनाइएको यो पार्क सम्पन्न गर्न रु पाँच लाख मात्रै खर्च भएको लामिछानेले जानकारी दिनुभयो । 

“बिहान बेलुकी काम गरेर थाकेका स्थानीयवासीले थकाइ मार्न पनि पार्क पुग्ने गर्छन्”, स्थानीयवासी रनमाया थापाले भन्नुभयो, “यो पार्कले गाउँको मुहारै फेरिदिएको छ ।” यहाँ कम्पाउण्ड तारबार लगाएर घेरिएको छ । बीचमा पोखरी र पानीको फोहोरा राखिएकोले धेरैको आर्कषक बनेको हो । राष्ट्रिय झण्डा राखिएकोले फोटो खिच्नेका लागि पनि उपयोगी भएको छ ।

वडाभित्रका पर्यटकीय गन्तव्य, मठमन्दिर र गाउँ जोड्ने पदमार्ग र सडकहरु स्तरीय बनाउनसमेत वडाले लगानी गरेको छ । सबै टोलमा पुग्ने स्तरीय सडक बनाइएकोले बर्सातमा पनि नियमित सवारी साधन सञ्चालन भएको लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो