2026-10-13 09:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निकुञ्जद्वारा पर्यटकीय मार्ग निर्माण

असार १४, रसुवा (रासस)। लाङ्टाङ राष्ट्रिय निकुञ्जले आफ्नो कार्यक्षेत्रमा गरेका विकास निर्माणको गतिविधि सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा पर्यटकीय पदमार्ग निर्माण एवं मर्मत, पर्यटकीय टिकट काउन्टर, पर्यटकीय प्रवेशद्वार एवं मानव तथा वन्यजन्तुबीचको द्वन्द्व अन्त्य गर्न जङ्गल र आवादी जमीनको सिमानामा तारबार निर्माण गर्ने काम सम्पन्न गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।

संरक्षणको जागरण एवं पदमार्ग तथा तारबार समेतका निर्माणको काम सम्पन्न गराउन समग्रमा रू एक करोड १९ लाख ३८ हजार १६५ खर्च भएको प्रमुख संरक्षण अधिकृत सुषमा रानाले बताउनुभयो । स्याफ्रुबेँसीदेखि रिम्चे हुँदै लाङ्टाङसम्मको पदमार्गअन्तर्गत सात किलोमिटर भूभागमा मर्मत एवं पुनः निर्माण सम्पन्न गरी नेपालको तेस्रो पर्यटकीय गन्तव्य क्षेत्रको प्राकृतिक छटा अवलोकन गर्न जाने आन्तरिक एवं बाह्य पर्यटकलाई यात्रामा सहज बनाइएको बताइएको छ ।

यस्तै निकुञ्जअन्तर्गत सूर्यकुण्डदेखि नुवाकोटको ठाडेपाटीसम्म सात किलोमिटर पर्यटकीय पदमार्ग मर्मत तथा निर्माण, नुवाकोटको कुटुमसाङमा पर्यटकीय टिकट काउन्टर एवं पर्यटकीय प्रवेशद्वार समेत निर्माण गरिएको निकुञ्जका वन प्राविधिक रमेश बस्नेतले जानकारी दिनुभयो । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाअन्तर्गत सिलामेमा दुई दशमलव पाँच किलोमिटर मेसजालीको तारबार गरिएको छ । सो क्षेत्रमा निकुञ्जका बँदेल तथा अन्य जनावरले किसानका बालीमा नोक्सान पुर्याउने समस्या बढेपछि मानव र वन्यजन्तुबीचको द्वन्द्व अन्त्य गर्न जङ्गल र आवादी जमीनको बीचमा तारबार गरिएको अर्का वन प्राविधिक विवेक श्रेष्ठले बताउनुभयो ।

संरक्षणको जागरण कार्यक्रमअन्तर्गत डढेलो नियन्त्रण एवं रामसार र सिमसार क्षेत्रको महत्वका बारेमा समुदायमा जागरण ल्याइएको बताइएको छ । निकुञ्जका कर्मचारी, सुरक्षामा तैनाथ नेपाली सेना विष्णु दल गण, चोरी शिकारी नियन्त्रण समूह, स्थानीय संरक्षणप्रेमीको सहयोगमा चोरी शिकारीका घटना न्यून हुँदै गएको र निकुञ्ज क्षेत्रमा वन पैदावारको व्ययभारमा समेत ५० प्रतिशतले कमी आएको प्रमुख संरक्षण अधिकृत रानाले बताउनुभयो । यसैगरी चालू आर्थिक वर्षमा निकुञ्जभित्र चोरी शिकारी तथा गैरकानूनी क्रियाकलाप गर्ने सात जनालाई कारवाहीको दायरामा ल्याइएको छ । 

एकातिर भारी वर्षाले बाढी पहिरोका कारण पैदल मार्गमा अवरोध भएको छ भने अर्काेतर्फ कोभिडको बढ्दो सङ्क्रमणले वन जङ्गलको गस्तीमा केही कमी आएको छ । वन जङ्गल मास्ने तथा वन्यजन्तुको शिकार गर्ने जस्ता गैरकानूनी क्रियाकलाप भएको पाइएमा संरक्षणप्रेमीद्वारा गोप्य सूचना पाउनेमा आशावादी भएको निकुञ्जले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो