<p><b>असार १७, काठमाडौं ।</b> बिहीबार नेपाली बजारमा सुनचाँदीकै मूल्य वृद्धि भएको छ । गत मंगलबार र बुधबार क्रमिक रूपमा गिरावट आएको सुनचाँदीको मूल्यमा बिहीबार अधिकतम ८०० रुपैयाँले मूल्य वृद्धि भएको हो । <br></p><p>नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ८०० रुपैयाँले वृद्धि हुँदै ९० हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, यता चाँदीको मूल्य समेत गत बुधबारको तुलनामा प्रतितोला २० रुपैयाँले वृद्धि हुँदै १ हजार ३१० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । </p><p>गत बुधबार बजारमा सुन प्रतितोला ९० हजार र चाँदी एक हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।</p>
