2026-07-25 10:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरोना कहर : सुरक्षण मुद्रण केन्द्र निर्माण प्रभावित

राजकुमार पराजुली । असार २०, काभ्रेपलाञ्चोक (रासस)। कोरोना सङ्क्रमणका कारण बनेपामा  निर्माण थालिएको सुरक्षण मुद्रण केन्द्रको काम पुनःधकेलिएको छ । भौतिक पूर्वाधार निर्माणका लागि करीब दुई वर्षअघि प्रारम्भिक बजेट विनियोजन भई सूचना–प्रविधि (आइटी पार्क)मा प्रेसको काम शुरु गरिएको थियो । 

कोरोनाको पहिलो र दोस्रो लहरले पूर्वाधारको निर्माण  तथा अन्य भौतिक प्रशासनिक प्रक्रियासमेत प्रभावित बनेको केन्द्रले जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले कोरोनाका कारण भौतिक पूर्वाधार तथा अन्य प्रशासनिक प्रक्रियाको काम धकेलिइरहेको बताउनुभयो । “यो परियोजनालाई बहुवर्षीय बनाउनसमेत ढिलाइ भइरहेको छ, अर्थ मन्त्रालयबाट प्रक्रिया सकिएलगत्तै पुनःकाम शुरु भइहाल्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार ‘फण्ड कमिटमेन्ट’ नभई टेण्डरमा जान नमिल्ने भएकाले आयोजनालाई बहुवर्षीय बनाएर काम थाल्न लागिएको हो ।

सरकारले करीब दुई वर्षअघि पार्कलार्ई सेक्युरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण केन्द्र)मा परिणत गर्न लागेको हो । यसका लागि आवश्यकीय भवन तथा अन्य भौतिक पूर्वाधार निर्माणका काममा थप प्रक्रियाका लागि ‘बहुवर्षीय परियोजना’ बनाउन आवश्यक रहेको केन्द्रले जनाएको छ । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस स्थानार्थ काभ्रेको पनौती नगरपालिका–५ स्थित प्रयोगविहीन अवस्थामा रहेका उक्त पार्क छनोट गरी निर्णय गर्नुभएको थियो । प्रेसको काम थाल्न आर्थिक वर्ष २०७६÷०७७ मा रु एक अर्ब नौ करोड बजेट विनियोजन भई कामको शुरुआत गरिएको हो । 

प्रारम्भिक चरणमा करीब रु ३३ अर्बमा निर्माण सम्पन्न गर्ने योजना बनाइएको केन्द्र निर्माण सम्पन्न गर्नका लागि क्रमागत बजेट विनियोजन गरिने जनाइए पनि आउँदो आर्थिक वर्षमा यकीन बजेट विनियोजन गरिएको छैन । केन्द्रमा पे्रस निर्माणसम्बन्धी काम भने हाललाई प्रशासनिक प्रक्रियाका लागि रोकिएको निर्देशक पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार केन्द्रमा राहदानी, बैंक नोट, चालक अनुमतिपत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टीकर, सिमकार्डलगायत सुरक्षित छपाइका लागि पार्कमा केन्द्र स्थापना गर्ने निर्णय गरिएको थियो । केही महिनाअघि टेण्डरमार्फत इराकबाट दुई डिजिटल ‘पे्रस–मेसिन’ ल्याइएको पौडेलले बताउनुभयो ।

छापाखाना निर्माणार्थ आवश्यक भवनलगायत भौतिक संरचनाका लागि जमिन मिलाउने, पर्खाल निर्माण तथा पार्कभित्रै भवनमा पहुँचमार्ग निर्माणको काम भएको छ । हाल खानेपानीका लागि एक÷एक लाख लिटरका दुई वटा खानेपानीका ट्याङ्की निर्माण, छापाखानाका लागि आवश्यकपर्ने चार ठूला जेनेरेटर जडान तथा उक्त जेनेरेटर सञ्चालन गर्ने इन्धन भण्डारका लागि तीन लाख लिटर क्षमताको अण्डरग्राउण्ड डिजेल ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ । निर्माणको चरणमा रहेको पार्कभित्र जमीनमुनि विद्युतीय ‘हाई भोल्टेज’का तार रहेकाले त्यसलाई छेउतर्फ व्यवस्थित गरेपछि भवन निर्माणको काम थालिने छ । पे्रसका लागि थप जमीन आवश्यक परे पार्कको एक भवन भत्काउन सकिने प्रमुख पौडेलले बताउनुभयो । 

उहाँले भन्नुभयो, “भवन जोगाउने कि, भत्काउने भन्ने विषयमा छलफल गर्दैछौँ, अत्यावश्यक भए भत्काउनुपर्ने पनि हुन्छ ।” सरकारले प्रेस मेसिन खरीदका लागि भने दुई देशका सरकार–सरकारबीच जी टू जी’ सम्झौता गर्ने जनाउँदै आएको छ । यसबारे छलफल हुने चरणमै रहेको केन्द्रले जनाएको छ । 

प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणवापत नेपालबाट वार्षिकरुपमा बाहिरिने रु १० अर्ब जोगिँदै जाने अपेक्षा गरिएको छ । केन्द्रका लागि २०० प्राविधिकसहित करीब एक हजार जनशक्तिको आवश्यकता पर्नेछ । वर्षौंदेखि प्रयोगविहीन अवस्थामा रहेको पार्कमा सुरक्षण मुद्रण केन्द्र स्थापना गरी प्रेसको काम शुरु गरिएको हो । कूल २५७ रोपनी जमीनमा अवस्थित पार्कभित्र हाल दुई वटा ठूला व्यापारिक÷प्रशासनिक भवन तथा चार वटा सुविधा सम्पन्न आवासीय भवनलगायत नौ भवन छन् । साथै, कुन भवन/स्थानमा कस्तो प्रकारको पे्रस–मेसिन राख्ने भन्ने विषयमा विस्तृत छलफल गर्न पनि बाँकी नै रहेको जनाइएको छ । 

निवर्तमान सांसद बाँस्कोटाले दीर्घकालीन राष्ट्रिय गौरवको आयोजना भएकाले यसको काम योजनाअनुसार निरन्तर गर्न ‘बहुवर्षीय योजना’ बनाइने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रेस सञ्चालनमा आएपछि सुरक्षित छपाइका नाममा देशको अर्बौं रुपैयाँ विदेशिनेबाट रोकिने तथा सयौँ युवाले रोजगारी पाउनेछन्, यो योजना कुनै पनि हालतमा सम्पन्न गरिनेछ ।” विसं २०५७ मा निर्माण शुरु गरिएको उक्त आइटी पार्क निर्माण कार्य सम्पन्न भई ०६१ मा  सरकारलाई हस्तान्तरण गरिएको थियो । 

दक्षिण एशियामै नमूना र ठूलो मानिएको यो पार्क सञ्चालनमा ल्याउन नसक्दा पार्क जीर्ण अवस्थामा पुगेको थियो । कम्पाउण्डभित्रका आकर्षक देखिने भव्य भवनले बनेपा–पनौतीबाटो भएर हिँड्दा जो कोहीलाई के प्रयोजका लागि बनाइएको पत्तो हुने थिएन । प्रयोगविहीन अवस्थामा रहँदा उक्त पार्कमा यसअघि चलचित्रको छायाङ्कन, जिल्लाका राजनीतिक तथा अन्य कार्यक्रम हुँदै आएका थिए । यसबीचमा केही सूचना–प्रविधिका संस्थाले पार्कमा बसेर काम थालेपनि छोटो समयमै छाडेर जाने गर्दै आएका थिए । 

यसो त सरकारले सुरक्षण मुद्रणलाई तीन चरणमा विकास गर्न कार्यमूलक एवं नतिजामूलक गुरुयोजना तयार पारेको छ । सोहीअनुरुप पहिलो चरणमा नेपाललाई पाँच वर्षभित्र आत्मनिर्भर बनाउने, दोस्रो चरणमा आगामी १० वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरीय सुरक्षण वस्तु सार्क र दक्षिणपूर्वी एशियाका राष्ट्रलाई उपलब्ध गराउने छ । साथै तेस्रो चरणमा भने आगामी १५ वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरयुक्त सुरक्षण वस्तु अन्य बाँकी तेस्रो मुलुकमा उपलब्ध गराउने रणनीति तय गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक