असार २३, काठमाडौँ | सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने सरकारले निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उडान खुला गर्ने निर्णय गरेको पर्यटनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिएका हुन् ।

सरकारले कोरोना संक्रमणका कारण वैशाख २० गतेदेखि आन्तरिक र वैशाख २३ गतेदेखि अन्तराष्ट्रिय उडान बन्द गरेको थियो ।

मन्त्रिपरिषद्ले सबै उडान खुला गर्ने निर्णय गरेसंगै आज सरकारका प्रवक्ताले यस विषयमा थप जानकारी दिनेछन् । सबै अन्तराष्ट्रिय उडान खोल्ने निर्णयसंगै स्वास्थ्य मापदण्ड भने पुरा गर्नुपर्ने छ । अन्तराष्ट्रिय उडान खोल्ने निर्णय भएसंगै अब नेपाललाई रोक नलगाइएका सबै मुलुकमा नियमित उडान सुरु हुनेछ ।