<p><b>असार २२, काठमाडौं ।</b> सुनको मूल्य बुधबार ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले बढ्दै ९२ हजार २०० रुपैयाँ पुगेको हो । <br></p><p>गत मंगलबार बजारमा सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । </p><p>यस्तै, आज तेजाबी सुनको मूल्य समेत ४०० रुपैयाँले नै वृद्धि हुँदै प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । तर, यता चाँदीको मूल्य भने गत मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाँले घट्दै आज एक हजार ३२० रुपैयाँमा झरेको महासंघले जनाएको छ । </p>
