2026-09-22 07:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

युनियन लाइफ इन्स्योरेन्सको आइपिओ आजदेखि खुला, कति दिने आवेदन ?

असार २४, काठमाडौँ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) आजबाट बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आइपिओ यही असार २८ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ ।

रु ६४ करोड ५० लाख बराबरको आइपिओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमारलाल कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार कम्पनीको जारी पुँजीको ३० प्रतिशत शेयर जारी गरिएको हो । हाल कम्पनीको जारी पुँजी रु दुई अर्ब १५ करोड बराबर रहेको छ ।

कम्पनीले प्रतिकित्ता र एक सय अङ्कित दरका ६५ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री खुला भएको छ । जसमध्ये तीन लाख २२ हजार ५०० कित्ता कर्मचारीको लागि र तीन लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको ५८ लाख पाँच हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको हो । उक्त शेयर इच्छुक लगानीकर्ताले न्यूनतम दश कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर)मार्फत समेत आइपिओमा आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो