१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा तीन ठाउँमा पहिरो, सडक अवरुद्ध

२५ असार २०७८, शुक्रबार ०५:२०

असार २५, पर्वत (रासस)। पहिराले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत तीन दिनदेखि अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोला, चुवाभिर र वडा नं २ को नयाँपुलमा गएको पहिराले सडक अवरुद्ध बनेको हो । चुवा र सुन्दरेखोलाको पहिरो हटाउन सहज भए पनि नयाँपुलको पहिरो हटाएर सडक सञ्चालन गर्न केही दिन लाग्ने पर्वतका ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिनुभयो । वर्षा रोकिएकाले सडक खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । सडकमा ठूला–ठूला ढुङ्गा खसेका कारण लामो समय लागेको हो ।

सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङसँगको सम्पर्क टुटेको छ । यस क्षेत्रबाट अन्यत्र जाने सवारी साधन पर्वतको सहस्रधारा र कुश्मा बजारमा अलपत्र बनेका छन् भने अन्यत्रबाट आएका सवारी साधन पराधीमा अलपत्र बनेका छन् ।

उता म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक पनि अझै सञ्चालनमा आउन सकेको छैन । सडकखण्डअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको अनियाघाट र ज्यामिरेलगायतका ठाउँमा पहिराले सडक अवरुद्ध बनाएको हो । सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

डाइभर्सन निर्माण गरी साना सवारीसाधन सञ्चालनमा 

नवलपुर– अविरल वर्षापछि आएको बाढीका कारण ह्युमपाइप बगाउँदा अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्ड डाइभर्सन निर्माण गरी सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा ह्युमपाइप बगेर अवरुद्ध भएको सडकमा डाइभर्सन गरेर साना सवारी साधन सञ्चालनमा ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले साना सवारी साधन आवागमन गर्न मिल्ने गरी डाइभर्सन निर्माण गरिएको बताउनुभयो । “ह्युमपाइप बगाएर सडक अवरुद्ध भएपछि केही तलबाट डाइभर्सन निर्माण गरेका छौँ”, मल्लले भन्नुभयो, “डाइभर्सनबाट साना सवारी साधनलाई मात्रै पास गराएका छौँ । ठूला सवारी साधन सडकमै लामबद्ध अवस्थामा छन् ।” उक्त सडक अवरुद्ध भएपछि करिब ६०० भन्दा बढी ठूला सवारी साधन सडकमा लामबद्ध रहेको मल्लले जानकारी दिनुभयो ।

ह्युमपाइप बगाएको ठाउँमा सडकसमेत भासिएका कारण सडक मर्मत गरेर राजमार्गबाट सवारी साधन सञ्चालन गर्न समय लाग्ने उहाँले बताउनुभयो । “ह्युमपाइप बगेको ठाउँमा सडक पनि भासिएको छ”, मल्लले भन्नुभयो, “दु्रतगतिमा काम भइरहेको थियो । राति काम गर्न समस्या हुँदा सडक मर्मत गरेर सवारी साधन सञ्चालन गर्न ढिला हुने भयो ।” ह्युमपाइप बगाएको ठाउँमा सडक भासिएर अवरुद्ध भएकै ठाउँबाट ठूला सवारी साधनसमेत चल्न सक्ने गरी सडक मर्मतको काम भइरहेको उहाँको भनाइ छ ।

यस वर्ष धेरै पानी परेको तथा नारायणगढ–बुटवल सडक स्तरोन्नतिको समेत काम भइरहेकाले विभिन्न स्थानमा डाइभर्सन बग्ने र सडक अवरुद्ध हुने घटना धेरै भएको मल्लले बताउनुभयो । केही दिनअगाडि मात्रै सोही राजमार्गअन्तर्गत गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बगाउँदा २४ घण्टाभन्दा बढी सडक अवरुद्ध भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह